मनोविद् करुणा कुँवरले सबै बलात्कार पीडितहरूको मनोविज्ञान एकै किसिमको नहुने भन्दै उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताएकी छन् । मंगलवार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै कुँवरले बलात्कार पीडितहरूको मनोविज्ञान फरक–फरक खालको हुने भएकाले उनीहरुको पीडालाई सोही अनुरुप बुझ्नुपर्ने बताइन् ।उनले घटना भएको समयमा जस्तो लक्षणहरु देखापर्छ बीसौं वर्ष पछिसम्म पनि त्यस्तै खालको लक्षणहरु देखा परिरहने सम्भावना रहने बताइन् । उनले हिंसामा परेकाहरुला