समकालीन नेपाली कथामा मनोविज्ञान कृति प्रकाशित

काठमाडाैँ- नेपाल प्रज्ञा-प्रतिष्ठानले समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशित गरेको छ। प्रतिष्ठानले भाषा साहित्यका विविध क्षेत्रमा अनुसन्धान गराउँदै आएको छ। यसै क्रममा प्रतिष्ठानबाट समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशित भएको हाे। साहित्यकार/समालोचक प्रेमनारायण भुसालले गद्य आख्यान विभागको अनुसन्धान कार्यक्रमअन्तर्गत उक्त पुस्तक तयार पारेका हुन्। लेखकले यस किताबमा चिकित्सा क्षेत्रमा विकसित मनोविज्ञानका […]

सम्बन्धित सामग्री

अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल काहनेम्यानको निधन

वासिङ्टन डिसी (अमेरिका) । नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल काहनेम्यानको निधन भएको छ । सन् २००२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता डेनियलको ९० वर्षको उमेरमा निधन भएको हो ।  अमेरिकाको प्रिन्सटन विश्वविद्यालयले उनको मृत्युको घोषणा गरेको छ, जहाँ उनी सन् १९९३ देखि काम गरिरहेका थिए ।  उनी व्यवहारात्मक अर्थशास्त्रका पर्यायवाची मानिन्छन्, यद्यपि उनले अर्थशास्त्रको औपचारिक शिक्षा भने लिएका छैनन् । उनी सबैभन्दा धेरै विक्री हुने पुस्तक ‘थिंकिङ, फास्ट एन्ड स्लो’ लेखक पनि हुन् । उक्त पुस्तक सन् २०११ मा प्रकाशित भएको थियो ।  उक्त पुस्तकले निर्णय गर्ने मनोविज्ञानको व्याख्या गरेको छ । पुस्तकले मानिसको सोच्ने र छनौट गर्ने दुईओटा तरिकाबारे दर्शाएको छ । पहिलो– छिटो, सहज र भावनात्मक । दोस्रो– ढिलो, थप विचारशील र थप तार्किक ।  उनीबारे प्राध्यापक एल्डर शफिरले भने, ‘डेनियल एक विशाल, एक प्रिन्सटन स्टार, एक शानदार मानिस, एक महान सहकर्मी र मित्र थिए ।’   डेनियल सन् १९३४ मा इजरायलको तेल अभिभमा जन्मिएका थिए । उनले आफ्नो बाल्यकाल भने फ्रान्समा बिताएका थिए, त्यहाँको एक रसायन कारखानामा उनका बुबा अनुसन्धान प्रमुख थिए ।  सन् १९४८ मा उनको परिवार प्यालेस्टाइनमा सरेको थियो । उनले सन् १९५४ मा जेरुसेलमको हिब्रु विश्वविद्यालयबाट स्नातक गरेका थिए । त्यसको चार वर्षपछि उनले अमेरिकाको क्यालोफोर्निया विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि शुरु गरेका थिए ।  त्यसपछि सन् १९६१ मा उनी जेरुसेलम फर्किएका थिए । उनी मनोविज्ञान प्राध्यापकको रूपमा आफ्नो करिअर शुरु गर्न जेरुसेलम फर्किएका थिए । त्यहाँ उनको भेट संज्ञानात्मक मनोवैज्ञानिक आमोस टिभरस्काईसँग भयो । उनीसँगको भेटले उनलाई अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने मार्गमा डोर्याएको थियो । बीबीसी

द्वन्द्वको घाउले आउँदो तीन पुस्तासम्मलाई असर पार्ने छ

केन्द्रीय मनोविज्ञान विभाग कीर्तिपुरबाट मनोविज्ञानमा स्नाकोत्तर, पद्यकन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेकी अधिवक्ता खिमा रिजालको नयाँ प्रकाशित पुस्तक “अन्तर्मनको रङ्गहरू”ले मानसिक समस्याबाट ग्रसित समस्या र त्यसको निराकरणको विधिलाई उजागर गर्छ । आफ्नो पेशागत सम्पर्कमा आएका सेवाग्राही मानसिक स्वास्थ्य समस्याबाट बाहिर निस्केर नयाँ सोचका साथ समाजमा स्थापित हुने र सहज जीवन […]

अधिकारीको दोस्रो उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित

न्युज अफ नेपाल, काठमाडौं ।  कथा र उपन्यास लेखनमा सकृय लेखक राजु अधिकारीको दोस्रो उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित भएको छ । विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास पनि मानव मनोविज्ञान र रहस्यमा आधारित छ । विगत दुई वर्ष भन्दा बढी समय देखि नेपालमा इ-बुकहरूको प्रकाशन, बिक्री वितरण र प्रवर्धन […]

सबल अर्थतन्त्रका लागि यातायातका साधनमाथिको सहज पहुँच

अर्थतन्त्र चलायमान गर्ने दुईओटा चक्रहरू मेशिनरी तथा यातायातका साधनलाई लिने गरिन्छ । यी दुईओटामध्ये एउटा चक्रको अनुपस्थितिमा समग्र अर्थतन्त्र अपांग हुन जान्छ । त्यसैले क्पापिटल गुड्सभैंm यातायातका साधनहरूलाई विश्वभरि नै अपरिहार्य आवश्यकताका रूपमा लिने गरिन्छ । राजस्वको आकर्षणमा मोहित हुन गई यातायातका साधनको यो विश्वव्यापी ध्रुवसत्यलाई अंगीकार गर्न नसक्दा यातायातका साधनलाई कथित विलासिताको ट्याग लगाएर समाजमा नराम्रो चित्रण प्रस्तुत गरिएको छ । समाजमा यस्तो सामाजिक मनोविज्ञान खडा गरिएको छ कि मदिरा, चुरोट र सुर्तीको हाराहारीमा यातायातका साधनहरूलाई हेर्ने दृष्टिकोण सृजना गरिएको छ । यातायातका साधनलाई विलासिताका वस्तुको वर्गमा वर्गीकृत गरी यस्ता साधनमा अत्यधिक कर लगाइने गरेको छ । परिणामस्वरूप यातायातका साधनको मूल्य सर्वसाधारणको पहुँचभन्दा बाहिर पुग्न गएको छ । आर्थिक क्रियाकलापसँग प्रत्यक्ष सम्बन्ध राख्ने यातायातका साधनहरूमा लाग्ने अत्यधिक करले समग्र अर्थतन्त्रमा कति नकारात्मक असर गरिरहेको छ भन्ने विषयमा सबैतिर अज्ञानजन्य मौनता व्याप्त छ । वर्तमान व्यस्त समाजमा यातायातका साधनमाथिको असहज पहुँचका कारण समग्र आर्थिक क्रियाकलापमा एक प्रकारको जडता सृजना भएको छ । यस जडताले व्यवस्थापक तहमा सृजनाशीलता र श्रमिक तहमा उत्पादकत्वमा गम्भीर असर गरिरहेको छ । निजीको साटो सार्वजनिक यातायात प्रयोग गर्दा उत्पन्न हुने थकावट तनाव, अनिश्चितता र समयको बर्बादीले वस्तु तथा सेवा उत्पादनमा गम्भीर असर गरेको विषयमा नेपालमा कुनै चिन्तन नै हुने गरेको छैन । यी सबै पक्षको एकमुष्ट असर भनेको नेपाली उत्पादनको लागत वृद्धि नै हो जसले यस्ता वस्तुहरूलाई थप अप्रतिस्पर्धी बनाउन भूमिका खेलिरहेको हुन्छ । सारमा भन्नु पर्दा अस्वभाविक रूपमा महँगा बनाइएका सवारीसाधनका कारण यस्ता साधनमा सर्वसाधरणको पहुँच नहुँदा समग्र समाजको कार्यसम्पादनमा गम्भीर असर गरिरहेको छ । उदाहरणका लागि समान आयस्रोत भएका भारतका नागरिकले मोटर चढ्ने हैसियत राख्छन् भने नेपाली नागरिकले नेपालमा मोटरसाइकल खरीद गर्न पनि धौधौ पर्ने गरी कर थोपरिएको छ । नेपालमा साइकल चढ्ने हैसियत राख्ने व्यक्तिसरहको भारतीय नागरिकले मोटरसाइकल चढ्ने हैसियत राख्छ । यसरी बोर्डरको पारिभन्दा वारि नेपालतिर तीन गुणा महँगो सोही साधन प्रयोग गर्ने जुन बाध्यता सृजना गरिएको छ त्यसले नेपाल र भारतका उद्यमी, व्यापारी र मजदूरहरूको कार्यसम्पादनमा गम्भीर असमानता सृजना गरिरहेको छ । विशेषगरी भन्सार विभागबाट आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित तथ्यांकलार्ई बृहत् आर्थिक वर्गीकरणको परिभाषाअनुसार गणित गरी हेर्दा यातायातका क्षेत्रबाट प्राप्त करीब रू. ९६ अर्ब बराबरको राजस्व सरकारले उठाएको छ । तथापि सारमा हेर्दा यसले नेपालमा उत्पादन हुने हरेक वस्तु तथा सेवामा रू. ९६ अर्बको थप व्ययभार थपिरहेको हुन्छ । यो भनेको यस्ता करका कारण नेपाली वस्तु तथा सेवा कम्तीमा रू. ९६ अर्ब जतिले कम प्रतिस्पर्धी हुनु नै हो । केही अपवादबाहेक यातायातका साधनहरूको मूल्यको सम्बन्ध प्रत्यक्ष र परोक्ष रूपले उत्पादनको लागतसँग बढी जोडिएको हुन्छ अन्यत्र जस्तै नेपालमा पनि । यसको असर स्वदेशी उद्योगबाट उत्पादित वस्तुहरू आप्mनै देशमा पनि विदेशी उत्पादनसँग कम प्रतिस्पर्धी हुनु तथा नेपाली निर्यातजन्य वस्तुहरू अन्य मुलुकमा उत्पादनसँग पनि कम प्रतिस्पर्धी हुुनु हो । भन्सार राजस्व बढी उठ्यो भन्ने आत्मसन्तुष्टिमा यो पाटोलाई कहिले पनि हेर्ने गरिएको छैन । उपर्युक्त पक्षलाई दृष्टिगत गरी यातायातका साधनमा सहज पहुँच स्थापित गरी संलग्न जनशक्तिको कार्यसम्पादनमा सुधार ल्याई अर्थतन्त्रलाई गतिशील र उत्पादनलाई प्रतिस्पर्धी बनाउन देहायका विषयमा विशेष ध्यान दिनुपर्छ । सर्वप्रथम, विश्वव्यापी मान्यताअनुरूप नेपालमा पनि खाद्य पदार्थ, कच्चापदार्थ र क्यापिटल गुड्सजस्तै गरी यातायातका साधनलाई पनि अपरिहार्य आवश्यकताको वस्तुको सूचीमा राख्नुपर्छ । विकसित देशहरूमा भैंm एक व्यक्ति गाडीको नीति अवलम्बन गरी जनतामा सवारीसाधनको सहज पहुँच स्थापित गर्न भन्सारलगायत कुनै पनि प्रकारका कर, शुल्क र महसुलबाट यस यातायात क्षेत्रलाई मुक्त गर्नुपर्छ । यसले नेपाली उद्यमी र व्यापारीको लागतलाई न्यून गर्न र अतिरिक्त बचत उद्योगका अन्य क्षेत्रमा उपयोग गर्ने अवसर मिल्छ । उदाहरणका लागि हाल रू. २५ लाख पर्ने भारतीय गाडीलाई करमुक्त सुविधा प्राप्त गर्ने हो भने नेपालमा रू. ८ लाख जति पर्न आउँछ । यो अतिरिक्त रू. १७ लाख या त उद्योगमा बढी उत्पादन क्षमताका मेशिनरी जडान गर्न प्रयोग गर्न सकिन्छ या उद्योगका बजार अध्ययन, अनुसन्धान र विकास या उद्योगको वित्त व्यवस्थापनमा उपयोग गर्न सकिन्छ । यसबाट उद्योगकोमा उत्पादित हुने वस्तु तथा सेवाको लागत न्यूनीकरण तथा गुणस्तर अभिवृद्धिकरणका प्रत्यक्ष सहयोग पुग्नु हो । दोस्रो कररहित यातायात क्षेत्रको अवधारणा कार्यान्वयन हुँदा सर्वसाधरणको समेत यस्ता साधनमा पहुँच स्थापित भई आर्थिक क्रियाकलापमा संलग्न जनशक्तिको समय र ऊर्जालाई बचत गर्छ । यस्तो समय र ऊर्जा बचतका कारण प्राप्त हुने अतिरिक्त सृजना र उत्पादनले आर्थिक वृद्धिमा थप योगदान दिने निश्चित छ । तेस्रो, यातायातका साधनको व्यापक पहुँचसँगै गाडी मर्मत, सम्भारजस्ता अतिरिक्त क्रियाकलापहरूमा ज्यामितीय वृद्धि आउने निश्चित छ । हरेक घरमा गाडी हुँदा साथ टोलटोलमा गाडी मर्मत केन्द्रहरू खुल्छन् । चोक चोकमा स्पेयर पार्ट्स विक्री केन्द्र, फ्युल सेन्टरहरू खुल्छन् । यस्ता जनशक्ति उत्पादन गर्न तालीम केन्द्रहरूको पनि त्यत्तिकै जरुरत पछै । यसबाट देशभरि लाखौंको संख्यामा थप रोजगारी सृजना हुने पनि निश्चित छ । चौथो, करमुक्त यातायात क्षेत्रको अवधारणा लागू हुँदा साथ यातायातका साधनहरूमा सर्वसाधारणहरूको पहुँच स्थापना भई लाखौं करोडौंको संख्यामा यस्ता साधनको माग बढ्न जान्छ । यस्तो संख्याले कम्तीमा चरणबद्ध रूपमा एसेम्बलिङ उद्योगको सम्भावना प्रबल भएर जान्छ । सम्भव भएका क्षेत्रमा वैश्विक मूल्य शृंखलाको अंग हुने गरी कुनै निश्चित पार्ट्सको उत्पादन केन्द्र स्वदेशमै स्थापना गर्न सकिने पक्ष पनि विद्यमान रहन्छ । यूरोपेली कमिशनको एक अध्ययनअनुसार ईयू क्षेत्रमा अटोमोबाइल क्षेत्रमा २६ लाख प्रत्यक्ष रोजगारी हुँदा थप १ करोड ३८ लाख अप्रत्यक्ष रोजगारी प्राप्त हुने देखिएको छ । यसको अर्थ अटोमोबाइल उत्पादनमा एक जना प्रत्यक्ष रोजगारी हुँदा थप ५ जना अप्रत्यक्ष रूपमा रोजगार हुने देखिन्छ । त्यसैले यसलाई कथित विलासिताको क्षेत्रबाट हटाई अपरिहार्य आवश्यकताको क्षेत्रमा पार्नुपर्ने देखिन्छ । पाँचौं सवारीसाधनको व्यापकतासँगै सवारीसाधनमा प्रयोग हुने एक्सेसरिजहरू स्वदेशमै उत्पादन गर्नु आर्थिक दृष्टिले पनि व्यावहारिक हुँदै जान्छ । यस्ता क्रियाकलापहरूले मुलुकभित्र उत्पादनका क्रियाकलापहरूमा थप विस्तार हुने तथा रोजगारका थप अवसरहरू सृजना हुने देखिन्छ । छैटौं, करमुक्त यातायात क्षेत्रको अवधारणा लागू हुँदा ढुवानी तथा सवारी भाडामा आउने कमीले दैनिक जनजीविकामा पर्ने सकारात्मक असर र अतिरिक्त वचतले गरिवी निवारण दिने योगदानलाई समेत कम आँक्नु हुँदैन ।   सारांशमा भन्नुपर्दा करमुक्त यातायात क्षेत्रले पैदल हिँड्ने वर्गलाई साइकल चढ्ने वर्गमा, साइकल चढ्न सक्ने वर्गलाई मोटरसाइकल चढने वर्गमा र मोटरसाइकल चढ्ने वर्गलाई मोटर चढ्ने वर्गमा रूपान्तरण गर्ने निश्चित छ । यो रूपान्तरणले मुलुकमा ल्याउने आर्थिक क्रियाकलाप नेपालको कायापलटको एक प्रमुख कारण बन्ने देखिन्छ । समग्रमा भन्दा उत्पादन र उत्पादकत्व वृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि, रोजगारी सृजना, एसेम्बलिङ उद्योगहरूको स्थापना, एक्सेसरिज उद्योगको विकास तथा सस्तो ढुवानी र सवारी भाडाले गरीबी निवारण जस्ता बहुआयामिक क्षेत्रमा सकारात्मक पार्ने यस करमुक्त यातायात क्षेत्रको अवधारणालाई लागू गर्नु देशको समग्र आर्थिक उन्नत्तिका लागि अपरिहार्य नै छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठअधिकृत बजगाईंका यी विचार निजी हुन् ।

‘खेल जित मनोविज्ञान’ पुस्तक सार्वजनिक

३ कात्तिक, काठमाडौं । डीएन घिसिङद्वारा लिखित पुस्तक ‘खेल जित मनोविज्ञान’ विमोचन गरिएको छ । ग्लोरी मिडियाद्वारा प्रकाशित उक्त पुस्तक मंगलबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विमोचन गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमका …