नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता प्रकाशमान सिंहले हालै गठन भएको राजनीतिक संयन्त्रको विरोध गरेका छन् । कात्तिक २४ मा ५ दलीय सत्ता गठबन्धनको बैठकले रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो । सो संयन्त्रको सार्वजनिक रुपमै कडा विरोध गर्दै आएका सिंहले पार्टीको बैठकमा पनि असन्तुष्टि जनाएका हुन् । सो क्रममा पार्टी सभापति शेरबहादुर देउवा