अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

सम्बन्धित सामग्री

बेथानचोकको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भगवान अधिकारी  विजयी भएका छन्। खसेको १० हजार ७ सय ३४ मतमध्ये ६ हजार ०१९ मत ल्याएर अधिकारी विजयी भएका हुन् । नेविसंघको पूर्व केन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्व जिल्ला सभापतिका अधिकारीका निकटतम प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याए।  उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रकी तारा राना तिमल्सिना ४ हजार ४९८ मतसहित विजयी भइन् । एमालेकी सरला केसीले ३५७३ मत ल्याइन्। यो गाउँपालिका काभ्र

मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी विजयी

मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार साझ सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार सत्तारुढ गठबन्धन तर्फका उम्मेदवार रहेका कालाखेतीले ९ हजार ३ सय १६ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए ।६ हजार ४ सय ७० मतसहित नेकपा माओवादी केन्द्रकी सीता पुलामी पालिकाको उपाध्यक्ष निर्वाचित भइन् । उप

ललितपुरको वाग्मती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काठमाण्डाै – ललितपुरको वाग्मती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर विजयी हुनुभएको छ । अध्यक्षमा कांग्रेसका उम्मेदवार लोप्चनले चार हजार नौ सय नौ मत र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नवराज सञ्जेलले चार हजार ५३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर दर्लामी मगरले चार हजार ६ सय ९२ मत र उहाँका प्रतिस्पर्धी एमालेकी नमुना दोङले ३७ सय मत प्राप्त गर्नुभएको छ । सात वटा वडामध्ये पाँच वटामा काँग्रेस, एउटामा माओवादी केन्द्...

रुकुम पूर्वको भुमेमा माओवादी विजयी

रुकुम पूर्वको भुमे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा माओवादीका होमप्रकाश श्रेष्ठले ३९७५ मत ल्याएर विजयी भएका छन्। अध्यक्षमा काँग्रेस एमालेले उम्मेदवार उठाएका थिएनन्। यस्तै उपाध्यक्षमा सविना बुढामगरले ३९५१ मत ल्याएर विजयी भएका छन्। बुढाका निकटतम प्रतिद्वन्द्वी एमालेका कमानसिंह डाँगीले १३५५ मत ल्याएका छन्। काँग्रेस एमाले दुबैले एमालेका डाँगीलाई संयूक्त रुपमा उठाएका थिए। पूर्वी रुकुमको सिस्ने र पुथा उत्तरगंगा जितिकेको छ।

धवलागिरीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए ।

साकेला गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी विजयी

खोटाङको साकेला गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका रविप्रकाश राई विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अर्जुनकुमार खड्कालाई ७८ मतले हराउँदै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।   राईले एक हजार...

रोल्पाको परिवर्तनमा तीन दललाई पराजित गर्दै माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा तीन दललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समूहलाई समेत पराजित गर्दै अध्यक्षमा शुकबहादुर बुढा र उपाध्यक्षमा कलादेवी खत्रीनी विजयी भएका छन्।माओवादीका बुढाले ३३११ मत ल्याउँदा तीन दलीय गठबन्धनका काँग्रेसका विश्वकुमार चन्दले ३१३१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा खत्रीनीले ३३८७ मत ल्याउँदा एमालेकी सपना बुढामगरले २३०८ मत ल्याएकी छन्। परिवर्तनका १, २, ४, ५ वडा अध्यक्ष माओवादी विजयी भएको छ

सानीभेरी गाउँपालिका : काँग्रेस-एमाले गठबन्धनलाई पछि पार्दै माओवादी विजयी

काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२० मत ल्याएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रकै कमला रोका निर्वाचित भएकी छन्। उनले ५ हजार ९५८ मत ल्याएकी छन्। एमालेबाट उपाध्यक्षका उम्मेदवार प्रकाश […]

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा माओवादी विजयी

भोजपुरको रामप्रसाद राई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका थामबहादुर राई निर्वाचित भएका छन्। नेपाली काँग्रेस र माओवादी केन्द्रको तालमेलबाट माओवादीका थामबहादुर राई ३०७७ मत ल्याएर एमालेका बलराम राई पराजित भएका हुन्। एमालेका बलराम राईले २८५१ मत ल्याएर पराजित भएका हुन्।यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका वीरेन्द्र राई ३५७७ मत ल्याएर निर्वाचित भएका छन्। एमालेका कमलादेवी राईले २२१४ मत ल्याएर पराजित भएकी छिन्। माओवादी र काँग्रेसको तालमेल थियो भने एमाले एकल प्रतिस्पर्धामा थियो।