नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस विचार शून्य भएर माओवादीको कार्यकर्ता भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले लोकतन्त्रलाई छाडेको आरोप लगाए । उनले भने–‘काँग्रेस लोकतान्त्रिक विचार, आचरण, सिद्धान्त केहीमा पनि रहन सकेन । इतिहासमा पनि काँग्रेसले ठूला ठूला अलोकतान्त्रिक काम गरेर आएको पार्टी हो । देशहीतका विरुद्ध अनेक काम गरेर आएको पार्टी हो काँग्रेस । सप्रिएला की, अनुभवबाट सिक्ला की भनेको झन्झन् सकिँदै गएको छ काँग्रे