काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बोलेन साहले साइकल यात्रा प्रेसर र सुगरको सबैभन्दा राम्रो औषधि भएकाे बताएका छन्। शनिबार साइकल डे का अवसरमा काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौंमा साइकल लेन व्यवस्थित गर्नेसमेत बताए। उनले भने, ‘जति पनि मेयरको प्रत्यासी हुनुहुन्थ्यो। उहाँहरूलाई तपाईंहरुले सम्झौता गर्नुभएको थियो। हामीकहाँ कुनै पनि प्रतिबद्धता आएको थिएन। यो मान्छे मेयर बन्छ भनेर पत्याउनुभएको थिएन होला। भोलिको दिनमा त्यो प्रतिबद्धता पत्र ल्याइ दिनुहोला।