मतगणनास्थल पुगे मेयरका उम्मेदवार बालेन साह

काठमाडौं महानगरपालिकाको मतगणना सुरू भएको छ । राष्ट्रिय सभा गृहमा वडा नम्बर १ र ३२ को मतगणनाबाट सुरु भएको हो ।  मतगणनास्थलमा मेयरका उम्मेदवार बालेन साह आफै पुगेका छन्।अन्य मेयरका प्रमुख उम्मेदवार मतदानस्थलमा नदेखिएपनि बालेन साह भने आफै देखिएका हुन् । बालेनले महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

सम्बन्धित सामग्री

बालेन साह ललितपुरको मतगणनास्थलमा पुगेपछि‍‍…

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् ।

केशव स्थापित भन्दा बालेन साह १ हजार ७३१ मतले अगाडि

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकामा साढे ७ बजेसम्म ९ हजार ४ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहकाे अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापित भन्दा बालेन १ हजार ७ सय ३१ मतले अगाडि हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार साहले ३ हजार ६ सय ३८ मत प्राप्त गर्नुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने एक हजार ९ सय ४ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ स...

ज्योतिष हेरेर आएको छु, जित सुनिश्चित छः बालेन साह

काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर आएको बताउँदै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्। ज्योतिष हेरेर साह बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका छन्। साहले महानरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गरेका हुन्।‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रोलोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी पनि अध्ययन गरेको हुँ।’ सञ्चारकर्मीलाई प्रक्रिया दिँदै साहले भने, ‘त्यसका आधारहरू हुन्छन्। वास्तुशास्त्र पनि हुन्छ। मैले सबै कुरा सोचेर मात्र