कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा २०० शय्याको आइसोलेसन सेन्टर छ । यहाँ आधुनिक तरिकाले आयुर्वेदिक औषधिको पद्धतिबाट कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । यही पद्धतिबाट गरिएको उपचारबाट कोरोनाका बिरामीले राम्रो लाभ पाइरहनु भएको छ । छिटोछिटो निको भएर घर फर्कने क्रम बढ्दो छ । सुरु सुरुमा हामीले सातदेखि १० दिनमै बिरामीलाई निको बनाएर पठाएका थियो तर बीचको अवधिमा पीसीआर परीक्षण गर्न ढिलाइ हुँदा कतिपय बिरामीलाई बढी समय राख्नुप¥यो । सरकारको निर्देशानुसार नै सङ्क्रमितलाई औषधोपचारपछि पीसीआर परीक्षण गराई कोरोना सङ्क्रमणमुक्त बनाएर घर पठाएका छौँ ।
कोरोना सङ्क्रमितहरू केन्द्रमा आएपछि पहिलो प्राथमिकता नै आयुर्वेदिक औषधिलाई खान दिन्छौँ । धेरैजसो बिरामीलाई रुघा, खोकी लाग्ने