सुर्खेत : ६-७ महिनाअघि प्रदेश अस्पताल, सुर्खेतमा बिरामी भरिभराउ हुँदा आडैमा रहेको प्रदेश आयुर्वेद औषधालय सुनसान देखिन्थ्यो। तर, कोरोना संक्रमण फैलिएसँगै आयुर्वेद औषधालयमा कोरोना प्रतिकार्यका लागि आयुर्वेद जडिबुटीको प्रयोग गर्न आउने नागरिकको संख्या दैनिक बढ्दो छ।
कोरोना भाइरस संक्रमण निको पार्ने औषधि नभएकै कारण पछिल्लो समय भाइरससँग लड्न सक्ने