कोरोना संक्रमितलाई खाद्यान्न सहयोग

सुर्खेत (अस) । लायन्स क्लब अफ गढीले कोरोना संक्रमित भएर प्रदेश आयुर्वेद औषधालय सुर्खेतको आइसोलेसनमा उपचाररत बिरामीका लागि खाद्यान्न सहयोग गरेको छ । कर्णालीमा कोरोना भाइरस आइसोलेसनमा उपचाररत बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले लायन्स क्लबले निषेधाज्ञाका बेला करिब ७२ हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ का बिरामीलाई उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालयमार्फत कोरोना संक्रमितको भोजनका लागि लायन्स क्लबले खाद्यन्न सहयोग गरेका हुन् । क्लब गढीका अध्यक्ष लक्ष्मण कँडेलले अमेरिकाको कनेक्टिक राज्य नेपाली वेस्टर्ट हार्डफोर्ड लुम्बिनी लायन्स क्लब र हार्डफोर्ड काउन्ट्री एभरेस्ट कन्टेनियल लायन्स क्लब अध्यक्ष माधव आत्रेय, नरेन्द्र पन्त, चार्टर्ड पे्रसिडेन्ट कृष्ण कँडेलको सहयोगमा खाद्यन्न सहयोग गरिएको बताए । प्रदेश औषधालयसँगै प्रदेश अस्पतालमा शुद्ध खानेपानी अभावलाई दृष्टिगत गरी १५/१५ कार्टुन पानी सहयोग गरिएको उनको भनाइ छ । आइसोलेसनमा उपचाररत बिरामीका लागि चार क्विन्टल चामल, ५० केजी दाल, ५० केजी चना, तीन कार्टुन खानेतेल, एक सय केजी आलु र  २५ किलो हरियो सिमी सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश आयुर्वेद औषधालय  व्यवस्थापन समितिका पदाधिकारीलाई लायन्य क्लब गढीका अध्यक्ष कँडेल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत एवं समाजसेवी टीकाराम चपाईलगायतले हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित सामग्री

गौरीशङ्कर बालगृहलाई खाद्यान्न सहयोग

दोलखा(नेस) । दोलखा भीमेश्वर नगरपालिका– ५ मा रहेको गौरीशङ्कर बालगृहलाई सर्लाही नेत्रगञ्ज – ३ को असल प्रयास सेवा समाज नेपाल र दोलखा भीमेश्वर नगरपालिका– ६ मा रहेको अर्पण फर्निचर उद्योगले संयुक्तरूपमा खाद्यान्न लगायतका सामग्री प्रदान गरेका छन् । कोरोना संक्रमणका कारण बालगृहमा रहेका बालकलाई दैनिक गुजारामा समेत समस्या हुनसक्ने अवस्था भएपछि आफूहरूले प्रभु येशुख्रिस्टको नाममा […]

प्रवासबाट धनकुटाका ५० परिवारलाई खाद्यान्न सहयोग

असार ३, धनकुटा । धजकुटा नगरपालिका–३ का ५० घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे सहित प्रवासमा रहेका त्यस ठाउँका बासिन्दाहरुको समूहले खाद्यान्न सहयोग गरेको हो ।  वडाध्यक्ष घिमिरेको नेतृत्वमा सुरेश याक्सो हङकङ, कुमार श्रेष्ठ झापा, चित्र घिमिरे अष्ट्रेलया, रामचन्द्र घिमिरे अष्टे«लिया, त्रिलोचन खतिवडा अमेरिकाबाट संकलित रकमले ५० घरपरिवारलाई चामल, दाल, तेल र नुनलगायतका सामग्री सहयोग गरेका हुन् । वडा नं. ३ का अतिविपन्न परिवारलाई सहयोग गरिएको वडाध्यक्ष घिमिरेले बताए ।  दिनभरि काम गरेर बिहान बेलुकाको छाक टार्दै आएकालाई निषेधाज्ञाको कारणले काममा जान नपाएपछि खानेकुराको समस्या भएको बेला पाएको सहयोगले निकै राहत महशुस भएको स्थानीय कमला राईले बताइन् । कोभिडको कारण दैनिक काममा जान नपाएर खानको समस्या भएकालाई राहत वितरण गरिएको र अन्य त्यस्ता परिवारको खोजी गरेर राहत वितरण गरिने वडाध्यक्ष घिमिरेले बताए ।  कोरोना संक्रमणको अवस्था दैनिक बढी रहेकाले प्रवासमा रहेर पनि केही  सहयोग गरौं भनेर हालसम्म संकलित रकमले खाद्यान्न खरीद गरी वितरण गरिएको अमेरिकामा रहेका त्रिलोचन खतिवडाले बताए । उनले आफूले विश्रान्ति वृद्धाश्रमलाई व्यक्तिगत २५ हजार सहयोग गर्ने योजनामा रहेको र धनकुटामा रहेका अग्रपंतिमा रहेर कोरोना नियन्त्रणमा खटिएका मानिसलाई केही दिनमै स्वास्थ्य सामग्री वितरण गर्ने तयारीमा रहेको जानकारी दिए । खतिवडाले अहिले पनि प्रवासबाट रकम संकलनको काम भइरहेकाले यसपछि संकलित रकमबाट पुनः सहयोग गरिने जानकारी दिए ।

पत्रकारहरुका लागि न्युरोडका यूवा व्यवसायीद्धारा खाद्यान्न सहयोग

काठमाडौं । काठमाडौंको न्यूरोडमा व्यवसाय गर्दै आएका युवा व्यवसायीहरुले कोरोना महामारीका कारण अप्ठ्यारोमा परेका पत्रकारहरुलाई खाद्यान्न सहयोग गरेका छन् । युवा व्यवसायी रबी अग्रवाल, सागर गौतम र मनिष अग्रवालले नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी र सचिव महेश्वर गौतममार्फत पत्रकारहरुका लागि १० बोरा चामल प्रदान गरेका हुन् । युवा व्यवसायी रबी अग्रवालले […] The post पत्रकारहरुका लागि न्युरोडका यूवा व्यवसायीद्धारा खाद्यान्न सहयोग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

अति विपन्न २३ परिवारलाई खाद्यान्न सहयोग

ओखलढुंगा : निषेधाज्ञाका कारण बिहान बेलुका छाक टार्न समस्या भएका चिशंखुगढी गाउँपालिकाका नागरिकलाई  खाद्यान्न सहयोग गिरएको छ। सोच नेपालले कोरोना भाइरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएर बिहान बेलुकाको छाक टार्न मुस्किल भएका चिशंखुगढी–६ भदौरेका २३ घर परिवारलाई खाद्यान्न सहयोग गरेको होभदौरेका २३ घर परिवारलाई प्रतिपरिवार ३० केजी चामल, डेढ केजी दाल, १ केजी नुन र १ लिटर तेल उपलब्ध गराएको हो। निषेधाज्ञा लागू भएको डेढ महिना बित्दै गर्दा दैनिक ज्यालामजदुरी गरेर बिहान बेलुकाको छाक टार्न नाग

स्वावलम्बन लघुवित्तको खाद्यान्न सहयोग

वीरेन्द्रनगर (अस) । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले विपन्न परिवारका लागि खाद्यान्नलगायत राहत प्याकेट वितरण गरेको छ । संस्थाको सुर्खेत शाखाले कोरोना भाइरसका कारण रोजगारी गुमाएर छाक टार्न समस्या भएका परिवारलाई राहतस्वरूप खाद्यान्न तथा नगद वितरण गरेको हो । संस्थाले आफ्ना सदस्यलाई चामल, दाल, तेल, नुन, साबुनलगायतका खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेको छ । शाखा कार्यालय वीरेन्द्रनगरबाट अहिलेसम्म २१ जना सदस्यलाई उक्त राहत वितरण गरिएको संस्थाले बताएको छ । संस्थाले कोभिड संक्रमण भई आइसोलेसनमा बसेकालाई पौस्टिक आहाराका लागि नगद एक हजार पाँच सय सहयोग गर्दै आएको छ । अस्पतालमा उपचार गराउनुपर्ने संक्रमित बिरामीको हकमा अवस्था हेरी जनही १० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइएको सुर्खेत शाखा प्रमुख पवन सुवेदीले जानकारी दिए ।

सौराहाका हात्तीका लागि खाद्यान्न सहयोग

जेठ २२, चितवन । कोरोना महामारीका कारण पर्यटन व्यावसाय ठप्प भएपछि अफ्ठ्यारो अवस्थामा रहेका हात्तीलाई खाद्यान्न सहयोग वितरण गरिएको छ । नेपाल एलिफेन्ट वाक सेन्चुरी र जेन्टल जायन्ट्स स्टे होम विदेशी संस्थाको   संयुक्त प्रयासमा शुक्रवार सौराहाका ४१ ओटा निजी हात्तीहरुलाई १ हजार ०२५ केजी चना र ८२० केजी सख्खर सहयोग गरिएको हो ।   नेपाल एलिफेन्ट वाक सेन्चुरीका अध्यक्ष ढकालले युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीलाई उक्त खाद्यान्न हस्तान्तरण गरेकी हुन् ।  हस्तान्तरणपछि प्रतिक्रिया दिदैं ढकालले कोरोना महामारीको स्थिति सामान्य नहुन्जेलसम्म हात्तीहरुलाई निरन्तर खाद्यान्न सहयोग वितरण गर्ने बताइन् ।  पर्यटन व्यवसाय नै धराशायी भएको अवस्थामा हात्तीलाई समेत आहाराको समस्या भएको देखिएकोले खाद्यान्न सहयोगको लागि पहल गरेको उनले बताइन् ।  अध्यक्ष ढकालले सदर चिडियाखाना जावलाखेलमा रहेको पवनकली हात्तीलाई पनि खाद्यान्न सहयोग वितरण गरिने बताइन् । खाद्यान्न वितरणको लागि जेन्टल जायन्ट्स स्टे होमका डिंना मुनोज र कोल्बी स्टेनरले आर्थिक सहयोग प्रदान गरेका हुन् ।

बोहोराद्वारा पत्रकार महासंघ बझाङलाई खाद्यान्न सहयोग

ललित सिंह, बझाङ । जिल्लाकै दुर्गम मानिने साईपाल गाउँपालिका वडानं ४ धुली घर भएका नेपाली काँग्रेस जिल्ला कार्यसमितिका आमन्त्रीत सदस्य राम बहादुर बोहोराले कोरोना माहामारीलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ बझाङ शाखालाई राहात स्वरुप खाध्यान्न सहयोग गरेका छन । राष्ट्रिय स्तरमा समाचार प्रकाशन गर्दै आएको नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा ,कोठा भडामा बस्दै आएका पत्रकारलाई खाद्यान्न […]

लायन्स फुड बैंकमार्फत साठी परिवारलाई खाद्यान्न सहयोग

तनहुँ।लायन्स क्लब अफ तनहुँ व्यास सिटीद्वारा सञ्चालित लायन्स फुड बैंकमार्फत ६० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।कोरोना महामारी नियन्त्रणका लागि भन्दै लगाइएको निषेधाज्ञाले घरमा चुलो बल्न कठिनाइ भएको परिवारलाई खाद्यान्न सहयोग गरेको हो।निषेधाज्ञाको समयमा कुनै पनि परिवार भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ लायन्सले फुड बैंक स्थापना गरी खाद्यान्न सहयोग गर्दै आएको लायन्स क्लब अफ तनहुँ व्यास सिटीले जनाएको छ।

वीरगन्ज महानगरपालिकालाई शिवशक्ति उद्योगद्वारा पौने ७ लाखको खाद्यान्न सहयोग

वीरगन्ज पथलैया आद्योगिक करिडोरमा रहेको शिवशक्ति उद्योग प्रालिले वीरगन्ज महानगरपालिकालाई पौने ७ लाखभन्दा बढीको खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा विपन्न तथा गरिब परिवारलाई राहत वितरणका लागि शिवशक्ति उद्योगले खाद्यान्न सामग्री सहयोग गरेको हो ।राहत स्वरुप उद्योगले ९ टन चामल, १ टन दाल, १ सय […]

रोजगार गुमाएका मजदूरलाई खाद्यान्न सहयोग

जेठ १८, म्याग्दी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि लागू गरेको निषेधाज्ञाका कारण रोजीरोटी गुमाएका मजदूरलाई क्षत्री समाज म्याग्दीको संयोजनमा खाद्यान्न सहयोग प्रदान गरिएको छ । क्षत्री समाज म्याग्दीको पहलमा गैरसरकारी संस्था क्युपेक नेपाल र संगम म्याग्दीले दैनिक ज्याला मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएका सदरमुकाम बेनीबजारका २३ परिवारलाई दैनिक उपभोग्य सामग्री उपलब्ध गराएको हो ।  क्षत्री समाज म्याग्दीका सचिव तथा बेनी नगरपालिका वडा नं ८ का वडा सदस्य हिमबहादुर भण्डारीका अनुसार २३ परिवारलाई ४६ हजार ९५० रुपैयाँ बराबरको चामल, दाल र नुन प्रदान गरिएको हो । क्षत्री समाजले २५ केजीको २३ बोरा चामल, क्युपेक नेपालले २ प्याक तेल र संगम म्याग्दीले २३ केजी दाल सहयोग गरेको उनले बताए । लकडाउनका कारण बिहान खाए बेलुकी के खाउँ, बेलुकी खाए बिहान के खाउ भन्ने अवस्थाका मजदूरहरुको दैनिक गुजारामा समस्या नहोस् भन्ने अभिप्रायले राहत स्वरुप खाद्य सामग्री प्रदान गरिएको क्षत्री समाजकी अध्यक्ष लक्ष्मीकुमारी केसीले बताइन् । बेनी नगरपालिकाकी उप–प्रमुख सञ्जु बरुवालले सहयोगप्रति सहयोगदातालाई धन्यवाद व्यक्त गरिन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागू गरिएको निषेधाज्ञाका कारण ज्यालादारी गरेर जीविका चलाउँदै आएका मजदूर थप समस्यामा परेको बताइन् । नगर उप–प्रमुख बरुवाल र वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँ लगायतको उपस्थितीमा राहत सामग्री प्रदान गरिएको थियो ।