कोरोना संक्रमितलाई दूध, मही निःशुल्क

सुर्खेत । सुर्खेत डेरी उद्योगले कोभिड–१९ विरुद्धको लडाइँमा सहयोग गर्ने उद्देश्यले प्रदेश आयुर्वेद औषधालयको कोरोना आइसोलेसनमा उपचाररत बिरामीका लागि निःशुल्क दूध र मही उपलब्ध गराउने भएको छ । उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ का बिरामीलाई उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालयलाई दैनिक ६ लिटर दूध र सातामा एक दिन मही निःशुल्क उपलब्ध गराउने भएको हो । कोरोना संक्रमित भएर उपचारका लागि आइसोलेसनमा रहेका बिरामीलाई एक महिनासम्म दूध र मही सहयोग गरिने उद्योगका प्रबन्ध निर्देशक माधव धिताले बताए । उनले कोरोना महामारीका बेला ठूलो सहयोग गर्न नसकिए पनि सामथ्र्यले भ्याएसम्म उद्योगले सामाजिक उत्तरदायित्व वहन गरेको जानकारी दिए । ‘प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिले कोरोना संक्रमित भएर टाढा–टाढाबाट उपचारका लागि आएका बिरामीलाई एक दिन मही सहयोग गर्न फोनमार्फत आग्रह गरेको हो,’ उनले भने, ‘विपद् घडीमा कोरोनाले प्रताडित नागरिकका लागि एक महिना निःशुल्क दुध र मही उपलब्ध गराउने वचन दिएका हौं ।’ प्रदेश आयुर्वेद औषधालयका डा. शंकरप्रसाद रिजालले औषधालयको आग्रहलाई स्वीकारेर सुर्खेत डेरी उद्योगले कोरोना संक्रमितका लागि निःशुल्क दूध र मही उपलब्ध गराएकामा धन्यवाद दिए । औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले मुनाफा मात्र नहेरी सुर्खेत डेरी उद्योगले सुरुदेखि नै समाज सेवा गर्दै आइरहेको बताए ।

सम्बन्धित सामग्री

भारतमा कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क दिइने

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क लगाइने भएको छ । सरकारले बुधबार घोषणा गरेअनुसार १८ वर्षदेखि माथिका व्यक्तिलाई आगामी जुलाई १५ देखि निःशुल्क खोप दिइने छ । जुलाई १५ देखि ७५ दिनसम्म निःशुल्क खोप दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । देशभर रहेका सबै सरकारी स्वास्थ्य संस्थाहरूमा यो सेवा उपलब्ध […]

अब वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क कोरोना परीक्षण

एजेन्सी । सरकारले वैदेशिक रोजगारीमा जाने सबै नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क पीसीआर परीक्षण गर्ने जनाएको हो । यसअघि पीसीआर परीक्षणको शुल्क लिँदै आएकामा अब वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजपत्र लिएर जाने सबै व्यक्तिको निःशुल्क परीक्षण गरिने मन्त्रालयले […]

वैदेशिक रोजगारमा जाने श्रमिकको निःशुल्क कोरोना परीक्षण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए । उनका अनुसार वीर अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गराउन सक्नेछन्

कर्णाली अस्पतालमा कोरोना संक्रमितका कुरुवालाई निःशुल्क खाना खुवाइने

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत कोरोना संक्रमितका कुरुवालाई निःशुल्क खाना खुवाइने भएको छ ।

कोरोना संक्रमित र कुरुवालाई निःशुल्क भोजन

जिल्ला अस्पताल सिरहामा कोरोना संक्रमणको उपचार गराई रहेकालाई निःशुल्क भोजन वितरण सुरु गरिएको छ । स्थानीय समाजसेवीको अगुवाइमा जिल्ला अस्पताल सिरहामा उपचाररत संक्रमित, संक्रमितका कुरुवा र अस्पतालमा उपचाररत अन्य रोगीलाई...

कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श दिइने

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा नवराज केसी र जनरल फिजिसियन डा प्रदीप न्यौपानेले कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श सेवा दिने भएका छन्। आज नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश र चिकित्सकद्वय बीच कर्णालीका १० वटै जिल्लाका कोरोना सङ्क्रमित पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरी सम्झौता भएको हो । कोरोना […]

काठमाडौं मेडिकल कलेज सिनामंगलमा कोरोना संक्रमितको निःशुल्क उपचार

काठमाडौं : सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ। कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच आइतबार सम्झौता भएको हो। सम्झौतासँगै आइतबारबाटै  कोरोना संक्रमितको निःशुल्क उपचार थालिएको अस्पतालका अध्यक्ष डाक्टर सुनिल शर्माले जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर हामीले कोरोना संक्रमितको उपचार निःशुल्क हुने व्यवस्था मिलाएका छौं,’ डा शर्माले भने, ‘हिजोबाटै

नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क

विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुने भएको छ । कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नोबेल अस्पतालबीच बिहीबार सम्झौता भएको हो ।सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनी र नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या

कोरोना संक्रमितलाई अक्सिजन निःशुल्क

वीरगन्ज महानगरपालिकामा निःशुल्क अक्सिजन बैंक स्थापना गरिएको छ । कोभिड संक्रमणको कारण अप्ठ्यारोमा परेका नागरिकको जीवन रक्षाका लागि महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा मंगलबारदेखि निःशुल्क अक्सिजन बैकको स्थापना गरिएको हो ।वीरगन्ज महानगरपालिकाले अक्सिजनको अभावका कारण जीवन जोखिममा रहेका महानगरपालिकामा वसोवास गर्ने कोरोना संक्रमित नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन वितरण गर्न लागेको नगर प्रमुख […]

गोकर्णेश्वरका कोरोना पोजेटिभलाई निःशुल्क एम्बुलेन्स सेवा

गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।