आकर्षण बढे पनि उपेक्षामा आयुर्वेद औषधालय

गाउँघरमा बुढापाकाहरु विभिन्न रोगको उपचारमा अझै जडीबुटीकै भर पर्दै आएको अवस्थामा सहरतिर ‘एलोपेथिक’ औषधिकै प्रयोग बढ्दो छ । यद्यपि, नेपालमा कोरोनाभाइरस (कोभिड–१९)को प्रकोप सुरु भएपछि भने आयुर्वेदतर्फ मान्छेको आकर्षण बढ्यो । जडीबुटीको भण्डार मानिने कर्णाली प्रदेशले नै आयुर्वेदिक औषधिको प्रयोग तथा प्रवर्द्धनमा जोड नदिएपछि अन्य प्रदेश र संघ सरकारले स्वाभाविक रुपमा यसलाई उपेक्षा गरेका छन् ।कोरोना महामारीपछि आयुर्वेद स्वास्थ्य संस्थाहरुमा सेवा लिनेको संख्या दिनानुदिन बढ्दै गएको आयुर्व

सम्बन्धित सामग्री

स्थानीय जडीबुटी प्रयोग गर्न आयुर्वेद औषधालय भवन बन्दै

गाउँपालिकाको लगानीमा गाउँपालिका क्षेत्रभित्र पाइने जडीबुटीको प्रयोग र उपचार गर्ने गरी गाउँपालिका–५ स्थित ठाडेचुरीमा आयुर्वेद औषधालय भवन निर्माण गरिने भएको हो ।

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

ढोरपाटन – कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो। त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ। औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज […]

सहयोगीका भरमा आयुर्वेद औषधालय

दोलखाको कालिञ्चोक गाउँपालिका–५ स्थित लापिलाङ आयुर्वेद औषधालय वर्षौंदेखि कर्मचारी नहुँदा कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेको छ। २०७२ सालको भूकम्पले कार्यालय भवन भत्केपछि सेवा सञ्चालन हुन सकेको थिएन। २०७४ सालमा स्थानीय गाउँपालिकामा जनप्रतिनिधि आएपछि रेखदेख तथा सञ्चालन गर्ने अधिकार पालिकालाई सुम्पियो। पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीका अनुसार कविराज र वैद्यको पद रिक्त भएपछि पटक पटक सूचना निकाल्दा पनि निवेदन परेन।

मातातीर्थ आयुर्वेद औषधालय आफ्नै भवनमा , पञ्चकर्म सहितको आयुर्वेद सेवा दिने

चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर ८ स्थित मुहान टोलमा मातातीर्थ आयुर्वेद औषधालयको नवनिर्मित भवनमा आयुर्वेद उपचार पद्धतिबाट सेवा शुरु भएको छ । भाडाको घरबाट सेवा प्रदान गरिरहेको मातातीर्थ आयुर्वेद औषधालयको आफ्नै एकतले भवन मंगलबार उद्घाटन गरेर सेवा सञ्चालनमा आएको हो । चन्द्रागिरी नगरपालिका र वडा नम्बर ८ को संयोजकत्वमा भवनको निर्माण गरीएको हो ।भवनको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले जडिबुटीको प्रशोधन, उत्पादन तथा आयुर्वेदिक अनुसन्धान केन्द्रको स्थापना गर्दै नगर

मातातिर्थ आयुर्वेद औषधालय आफ्नै नयाँ भवनमा

नगरपालिकाको वडा नम्बर ८ मातातिर्थमा रहेको औषधालयले नयाँ भवन निर्माण गरी मंगलबारदेखि उक्त भवनबाट सेवा संचालन गरेको हो।

मातातीर्थ आयुर्वेद औषधालयको भवन उद्घाटन

थानकोट, २२ चैत्र । चन्द्रागिरि नगरपालिकाको एकमात्र आयुर्वेद औषधालय चन्द्रागिरि–८ मातातीर्थस्थित आयुर्वेद औषधालयले मंगलबारबाट आफ्नै भवनबाट सेवा सुचारु गरेको छ । मंगलबार उक्त कार्यालयको नवनिर्मित भवन चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले एक समारोहबीच उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा चन्द्रागिरि नगरपालिका उपप्रमुख लिशा नकर्मी, प्रवक्ता एवं चन्द्रागिरि ११ का वडाध्यक्ष हरिभक्त महर्जन, चन्द्रागिरि-८ का वडाध्यक्ष […]

मधेस प्रदेश सरकारविरुद्धको रिटमाथि चैत्र ८ गते छलफल हुने

उच्च अदालत जनकपुरले मधेस प्रदेश सरकार लगायत ६ जनालाई छलफलका लागि बोलाएको छ ।  सोमबार मधेश प्रदेश सरकारविरुद्ध परेको रिटमाथि भएको बहसमा अदालतले सबै पक्षलाई चैत्र ८ गते छलफलका लागि बोलाएको हो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जनकपुर आयुर्वेद औषधालय, औषधालयकी प्रमुख डा.सीमा झाासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । रामप्रवेश मण्डल र पुरनमल्ल ठाकुरले उनीहरुविरुद्ध रिट दायर गरेका थिए ।आयुर्वेद चिकित्साअन्तर्गत बिएमएमएस अध्ययन गरेकाहरूलाई बेवास्ता गर्दै मन्त्रालय

खोटाङका चार पालिकामा आयुर्वेद औषधालय

खोटाङका चार पालिकामा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ । आयुर्वेदिक पद्धतिको स्वास्थ्योपचार सेवालाई विस्तार गर्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले चार पालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।पछिल्लो पटक दिप्रुङ–चुइचुम्मा गाउँपालिका–६, छितापोखरीस्थित पञ्चमी बजारमा सञ्चालनमा ल्याइएको आयुर्वेद औषधालयले आइतबारबाट सेवा सुरु गरेको छ । यसअघि एँेसेलुखर्क, केपिलासगढी र साकेला गाउँपालिकामा आयुर्वेद औषधालय […]

भरतपुरमा महानगरभित्र एक वडा एक स्वास्थ्य केन्द्र

महानगरले १३  स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र, १४ आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एक सामुदायिक एकाइ, एक मातृशिशु क्लिनिक, एक स्वास्थ्य क्लिनिक, छ आयुर्वेद औषधालय सञ्चालन गरेको छ।

जडीबुटीबाट प्रदेशको समृद्धि सम्भव छ : प्रदेश प्रमुख कलौनी

कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीमा पाइने बहुमूल्य जडीबुटीको सङ्कलन, प्रशोधन र व्यापारबाटै प्रदेशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताएका छन् । राष्ट्रिय योग दिवसका अवसरमा प्रदेश आयुर्वेद औषधालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले योग, ध्यान तथा आयुर्वेदका लागि कर्णाली प्रदेश उपयुक्त रहेको बताए ।प्रदेश प्रमुख कलौनीले यार्सागुम्बा, शिलाजित, पखानवेद, चिराइतो, दालचिनी, शिलटिमुर, हर्रो, बर्रो, गुर्जो, लेकतीतो जस्ता यहाँका मूल्यवान जडीबुटीको सङ्कलन