स्रोत नखुलेको अधिक सम्पत्ति थुपारेको भन्दै अदालतको आदेशअनुसार पाकिस्तानी प्रधानमन्त्रीबाट बाहिरिएका नवाज शरीफ पुनः सत्ताधारी पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन)को प्रमुख भएका छन्। पाकिस्तानका राष्ट्रपतिले निर्वाचन नीतिमा सुधार गर्नेसम्बन्धि विधेयक सोमबार स्वीकृत गरेलगत्तै मंगलबार नै शरीफ सर्वसम्मत पार्टी प्रमुख चयन भएका हुन्। शरीफविरुद्ध कुनै पनि उम्मेदवारी नपरेपछि उनैलाई पार्टी अध्यक्ष चुनिएको पिएमएल–एनका निर्वाचन आयुक्त चौधरी जफार…