पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विपक्षी नेताहरूलाई डाँकुको संज्ञा दिँदै ती डाँकुहरू आफूमाथि खनिएको अभिव्यक्ति दिएका छन्। भ्रष्टाचार स्थितिबारे ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा पाकिस्तानको स्थिति थप खराब बनेको उल्लेख भएपछि विपक्षीहरू इमरान खानविरुद्ध खनिएका छन्। सरकार र विपक्षीबीच वाक्युद्ध थप चर्किएको छ।इमरानले भनेका छन्, 'ठूला–ठूला डाँकु मिलेका छन् र मलाई घुक्र्याएका छन्। एकजना भगौडा (नवाज शरीफ) लन्डनमा बसेर स्वतन्त्रता सेनानी बनेको छ, सबै