झापा : जिल्ला सदरमुकाम चन्द्रगढीका स्थानीय र व्यवसायीले तीन घण्टा मुख्य सडक बन्द गरेका छन्। ठेकेदारले समयसम्म कालोपत्रे नगर्दा सडकबाट आएको धुलोले पीडित भएको भन्दै स्थानीय र व्यवसायीले सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म सडक बन्द गरेको स्थानीय व्यवसायी रमेश न्यौपानेले जानकारी दिए।उनीहरुले मेची राजमार्गको चारआली–केचना सडक खण्डअन्तर्गत कृषि विकास बैंक अगाडि देखि ट्रेड युनियन चोकसम्मको करिब ३०० मिटर सडकमा डोरी लगाएर बन्द गरेका थिए। सदरमुकाम जोड्ने मुख्य सडक बन्द हुँदा सवारीसाधन अवरुद्ध भएको थियो