ठेकदार सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा जागेको छ । एक वर्षदेखि सम्पर्कविहीन रहेको ठेकदार अहिले सम्पर्कमा आएपछि उक्त हुलाकी सडक निर्माणको कार्य पुनः सुरु हुने स्थानीयमा आशा पलाएको हो । २०७७ सालमा सुरु भएको सडक निर्माणको कार्य गर्दा गर्दै ठेकदार विभिन्न बहाना देखाउँदै सम्पर्कविहीन भएपछि निर्माण कार्य ठप्प बनेको थियो । सडक निर्माण कार्य ठप्प भएदेखि त्यहाँका स्थानीयहरुले घाममा धुलोको हैरानी र वर्षामा हिलोको परेशानी खेप्दै आएका थिए । सडकमा बनाइएको ढलमा स्लाप नराख्दा ढलम