मानव अधिकार तथा शान्ति समाजले १५ औँ गणतन्त्र दिवसको विभिन्न जिल्लामा कार्यक्रमको आयोजना गरेको छ । शान्ति समाज काठमाडौं, पाल्पा, दाङलगायतले कार्यक्रमको आयोजना गरेका हुन् । शान्ति समाज काठमाडौं “लोकतान्त्रिक गणतन्त्र, नागरिक अपेक्षा र राजनीतिक दलहरु” विषयक गोष्ठी गरेको छ । गोष्ठीमा बोल्दै समाजका सभापति गोविन्द खनालले राजनीतिक दलहरुले नागरिक अपेक्षा अनुरुप भूमिका निर्वाह गर्न सके मात्र लोकतन्त्र दिगो हुने बताए ।समाजका काठमाण्डौं शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा जोरपाटीमा सम