उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले चालु आर्थिक वर्षको बजेटले लिएको उत्पादन वृद्धिको लक्ष्यमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगी व्यापारीहरूलाई आग्रह गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो स्थापनाको लक्ष्यअनुसार औद्योगिक विकास तथा लगानीको वातावरण बनाउन भूमिका खेल्नुपर्ने उनले बताए । लिमिटेडको ३५ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै बडूले एकातर्फ ठूलो हिस्सा आयातमा निर्भर रहेको र अर्कोतर्फ चाहेर पनि मुलुकभित्रै उत्पादन वृद्धि ग