बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन र सम्पन्न भएका एक दर्जन शीत भण्डार अलपत्र बनेको छ । प्रदेश सरकारले स्थानीय तह, स्थानीय सहकारी र निजी क्षेत्रको साझेदारीमा ९ जिल्लाको १२ स्थानमा ६ वर्षदेखि निर्माण थालेको एक अर्ब ६ करोडका १२ शीत भण्डार अलपत्र बनेका हुन । ६ शीत भण्डार सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन भने चार वटा अधुरै र दुई ठाउँमा अझै निर्माण नै सुरु हुन सकेको छैन ।