शीत भण्डार नहुँदा सल्लाको पातले ढाकेर सुन्तला राख्नुपर्ने बाध्यता

रुकुम पूर्व : शीत भण्डार नहुँदा रुकुम पूर्वका किसानले सल्लाको पातले ढाकेर सुन्तला राख्नुपर्ने बाध्यता रहेको छ। पुथाउत्तरगंगा गाउँपालिका–८ चारगाउँमा उत्पादित सुन्तला यसरी राखिँदै आइएको छ।चारगाउँका अर्जुन बुढाथोकीले अमृत बहुउद्देश्यीय फलफूल तथा नर्सरी फर्ममार्फत सुन्तला उत्पादन गर्दै आएका छन्। उनले शीत भण्डारको अभावमा हरेक वर्ष सल्लाको पातले छोपर सुन्तला राख्दै आएका छन्।बुढाथोकीले यस वर्ष करिब २५ क्विन्टल सुन्तला फलाएका छन्। जसमध्ये सात क्विन्टल बिक्री गरेका छन्। १५ क्विन्टल सल्लाको पातले ढा

सम्बन्धित सामग्री

किसानलाई बरदान बन्दै भेरी शीत भण्डार

राँझा (बाँके) । पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई बरदान सावित भएको छ । विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि बरदान सावित भएको हो । कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गदै त्यसको सुरक्षित भण्डारको आवश्यक देखिएपछि यसका स्थापना गरिएको भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष बलराम भट्टराईले बताए। उहाँका अनुसार आलुको बीउ जोगाउने उद्देश्य राखेर स्थापना भएको शीत भण्डारमा अहिले बीउका लागि तथा खाने आलु, विभिन्न तरकारी, फलफुल पनि भण्डारण गर्ने गरिएको छ । 'भेरी शीत गृह स्थापना अघि किसानले बीउ आलु राख्न काठमाडौँ, भक्तपुर, नारायणघाट, हेटौँडासम्म लैजानुपर्ने बाध्यता थियो', अध्यक्ष भट्टराईले भने, 'बीउ आलुको लागि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता थियो । अहिले मध्य तथा सुदूरपश्चिमका किसानलाई कुनै समस्या छैन ।' शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई आलुको बीउ जोगाउन निकै समस्या भएपनि अहिले त्यो समस्या अन्त्य भएको खजुरा गाउँपालिका–२ सीतापुरका किसान गेहेन्द्र धितालले बताए। 'शीत भण्डारले आलुको बीउ जोगाइदिएर किसानलाई बरदान सावित भएको छ', उनले भने, 'यसअघि बीउ जोगाउन काठमाडौं, भक्तपुरसम्म पुग्नुपर्ने बाध्यता थियो ।' यसक्षेत्रका बाँके, बर्दिया, सुर्खेत र दाङ बढी आलु उत्पादन हुने क्षेत्र अन्तर्गत पर्दछन् । शीत गृह निर्माणले भारतीय बजारबाट आउने बीउ आलुलाई प्रतिस्थापन गर्न सफल भएको संस्थाका पूर्वअध्यक्ष डोलराज अर्यालले बताए। 'विशेषगरी भारतीय आयातलाई प्रतिस्थापन गरेको छ', उनले भने, 'पहिले जस्तो टाढाटाढा धाउनुपर्ने र भारतीय बजारको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।' भेरी सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको शीत गृह देशकै ठूलो शीत गृहमध्येको एक भएको अर्यालले दाबी गरे। विसं २०५१/५२ मा स्थापना भएको सहकारीले स्थापनाको करिब ६ वर्षपछि शीत गृह निर्माणको प्रक्रिया शुरू गरी विसं २०६५ फागुनदेखि भण्डारणको काम शुरू गरेको उनले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार सहकारीमा ३ हजार ७१४ शेयर सदस्य रहेका छन् । कूल शेयर पुँजी  ९७ लाख ४९ हजार ५ सय रुपैयाँ रहेको उनले जानकारी दिए । हालसम्म भेरी शीत गृहबाट बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, प्यूठान जुम्ला, हुम्ला, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, कालिकोट र डोल्पाका किसान लाभान्वित भएका उनको भनाइ थियो । 'अहिले शीत गृहमा ३५ हजार चार सय १२ बोरा आलु भण्डारण गरिएको छ', अध्यक्ष भट्टराईले भने, 'गत आर्थिक वर्षमा संस्थाले उत्पादन गरेको बरफलाई नेपालगञ्जमा दुई हजार तीन सय ७३ सिल्ली बिक्री गरिएको छ ।' जिल्लाका विभिन्न स्थानमा अहिले नयाँ शीत गृह स्थापना भरहेकाले सञ्चालनमा थप चुनौती थपिएको उनको भनाइ थियो । आगामी दिनमा व्यावसायिक भवन तथा सटर विस्तार गर्ने, कृषि भण्डार कर्जा सञ्चालन गर्ने, स्याउ भण्डारलाई विशेष प्राथमिकता दिने र व्यावसायिक आलु खेती गर्ने किसानलाई उन्नत जातका बीउ तथा प्राविधिक सेवा दिनका लागि प्रदेश र सङ्घ सरकारसँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले भेरी शीत भण्डारले आगामी दिनमा किसानलाई ५० प्रतिशत अनुदान दिएर उत्पादन गरे किसान र शीत भण्डार दुवैलाई थप फाइदा हुने बताए। कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्ने बताउँदै शीत भण्डार र किसानका समस्या समाधानका लागि संसद्मा पहल गर्ने उनको भनाइ थियो । रासस

शीत भण्डार सञ्चालनमा नआउँदा व्यवसायी मर्कामा

मङ्गलबारे- इलाममा करोडौँ खर्च गरेर निर्माण गरिएको शीत भण्डार (कोल्डस्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् । दश वर्षअघि निर्माण भएको शीत भण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी गर्ने बित्तिकै सस्तो मूल्यमा  फलफूल तथा तरकारी […]

शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई समस्या

इलाममा करोडौँ खर्च गरेर निर्माण गरिएको शीत भण्डार (कोल्डस्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् ।दश वर्षअघि निर्माण भएको शीत भण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी गर्नेबित्तिकै सस्तो मूल्यमा  फलफूल तथा तरकारी बेच्नुपर्ने किसानलाई बाध्यता रहेको छ ।  इलाम कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने ह

खोडपेमा ४५ लाखको लागतमा शीत भण्डार निर्माण

कृषि उपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा  शीत भण्डार निर्माण गरिएको हो ।  दश टन क्षमताको उक्त शीत भण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्ड स्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । जिल्लामा पहिलोपटक शीत भण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण

अलपत्र बन्यो ९७ करोड लागतको शीत भण्डार निर्माण

बागमती प्रदेशको साविकको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको अधिकांश शीत भण्डार अलपत्र अवस्थामा छन् । सरकारले प्रदेशका १३ वटै जिल्लामा व्यावसायिक कृषकलाई लक्षित गरी शीत भण्डार निर्माणको काम थालेको थियो । निर्माण कार्य प्रारम्भ भएको ४ वर्षसम्म पनि ती शीत भण्डारले पूर्णता पाउन सकेका छैनन् ।स्थानीय सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीत भण्डार निर्माणको काम अघि बढाएको हो । प्रदेश सरकारले सहकारी निजी सहकार्यमा कुल लागतको निश्चित प्रतिशत रकम व्यह

चितवनमा अत्याधुनिक शीत भण्डार सञ्चालन

चितवन : सिजनमा बढी उत्पादन भई खेर जाने कृषि उपजको भण्डारणका लागि चितवनमा बागमती प्रदेशकै ठूलो र अत्याधुनिक शीत भण्डार सञ्चालनमा आएको छ।भरतपुर महानगरपालिका-१८ स्थित  चनौलीमा १७  करोड रूपैयाँभन्दा बढीको लगानीमा चितवन चनौली शीत भण्डार सहकारी संस्था निर्माण गरिएको हो। २८ सय टन क्षमताको ‘कोल्ड रुम’सहित शीत भण्डार आजदेखि सञ्चालनमा आएको हो।भण्डारमा १४ सय टन क्षमताको कक्षमा  किसानले आफ्नो कृषि उत्पादन राख्न पाउँछन्। १४ सय टन बराबर क्षमताको कक्षमा व्यापारीलाई निश्चित भाडा लिएर

भरतपुरमा २८ सय टन क्षमताको शीत भण्डार साेमबारबाट सञ्चालनमा आउने

चितवन – भरतपुर महानगरपालिका-१८ चनौलीमा १८ करोडभन्दा बढीको लगानीमा शीत भण्डार निर्माण गरिएको छ । २८ सय टन क्षमताको कोल्ड रुम भएको शीत भण्डार सोमबारदेखि सञ्चालनमा आउँदै छ । १४ सय टन क्षमताको रुममा किसानहरुले आफ्नो कृषि उत्पादन राख्न पाउँछन् भने १४ सय टन क्षमताको रुममा व्यापारीहरुलाई निश्चित भाडा लिएर कृषिजन्य उत्पादन राख्न दिइनेछ । […]

शीत भण्डार गृह निर्माण सम्पन्न

रसुवा । रसुवाको कालिका गाउँपालिका– २ मा शीत भण्डार गृह निर्माणको काम सम्पन्न भएको छ । तीन सय मेट्रिक टन क्षमताको दुई तले भवन निर्माणको काम सम्पन्न भएसँगै जिल्लाका कृषकहरुले उत्पादन गरेका फलफुल तथा तरकारी भण्डारण गर्न सहज हुने साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पौडेलले जानकारी दिनुभयो । बागमती प्रदेश भूमि व्यवस्था, कृषि […]

पाल्पामा निर्माण कम्पनीको ढिलासुस्तीका कारण शीत भण्डार निर्माणको काम अलपत्र

पाल्पा । पाल्पाको तानसेन नगरपालिका बाघखोरमा निर्माणाधीन शीत भण्डार अलपत्र परेको छ । निर्माण सम्झौता भएको ९ वर्ष पुग्दा पनि निर्माण कम्पनी जयरक्तकाली जेभीको ढिलासुस्तीका कारण शीत भण्डार अलपत्र परेको हो । ४ करोड ९९ लाख लागत रहेको शीत भण्डारको हालसम्म २७ प्रतिशत मात्र काम भएको छ । सहयोगी संस्था, तानसेन नगर सरकार र निर्माण […]