पाल्पामा निर्माण कम्पनीको ढिलासुस्तीका कारण शीत भण्डार निर्माणको काम अलपत्र

पाल्पा । पाल्पाको तानसेन नगरपालिका बाघखोरमा निर्माणाधीन शीत भण्डार अलपत्र परेको छ । निर्माण सम्झौता भएको ९ वर्ष पुग्दा पनि निर्माण कम्पनी जयरक्तकाली जेभीको ढिलासुस्तीका कारण शीत भण्डार अलपत्र परेको हो । ४ करोड ९९ लाख लागत रहेको शीत भण्डारको हालसम्म २७ प्रतिशत मात्र काम भएको छ । सहयोगी संस्था, तानसेन नगर सरकार र निर्माण […]

सम्बन्धित सामग्री

शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

भजनी (कैलाली)- राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ । एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । संयुक्त प्रयासमा शीत भण्डार निर्माण थालिएको भन्दै किसानले उत्प...

शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

भजनी (कैलाली)- राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ । एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । संयुक्त प्रयासमा शीत भण्डार निर्माण थालिएको भन्दै किसानले उत्प...

शीत भण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ। एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि यहाँका किसान...

बागमती प्रदेशमा ८ वटा शीत भण्डार निर्माण

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा आठवटा शीत भण्डार निर्माण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्र्तगत शीतभण्डार निर्माण गरीएको हो । दुईवटा शीत भण्डार निर्माणको क्रममा छन् । कृषि उत्पादनका दृष्टिकोणले उत्कृष्ट रहेको यो प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीत भण्डार निर्माण गरिएका हुन् । मन्त्रालयले चितवनको सिमलटाँडीमा एक हजार […]

म्याग्देमा दुई सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिँदै

काठमाडौँ,५ माघ । तनहुँको म्याग्दे गाउँपालिका–३ बिरुवा खिरेडाँडामा दुई सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण थालिएको छ । शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनले पाएको छ । विसं २०७९ पुस १ गते सम्झौता भई रु एक करोड ४७ लाखको लागतमा शीत भण्डार निर्माण गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । […]

खोडपेमा ४५ लाखको लागतमा शीत भण्डार निर्माण

कृषि उपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा  शीत भण्डार निर्माण गरिएको हो ।  दश टन क्षमताको उक्त शीत भण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्ड स्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । जिल्लामा पहिलोपटक शीत भण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण

अलपत्र बन्यो ९७ करोड लागतको शीत भण्डार निर्माण

बागमती प्रदेशको साविकको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेको अधिकांश शीत भण्डार अलपत्र अवस्थामा छन् । सरकारले प्रदेशका १३ वटै जिल्लामा व्यावसायिक कृषकलाई लक्षित गरी शीत भण्डार निर्माणको काम थालेको थियो । निर्माण कार्य प्रारम्भ भएको ४ वर्षसम्म पनि ती शीत भण्डारले पूर्णता पाउन सकेका छैनन् ।स्थानीय सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीत भण्डार निर्माणको काम अघि बढाएको हो । प्रदेश सरकारले सहकारी निजी सहकार्यमा कुल लागतको निश्चित प्रतिशत रकम व्यह

भरतपुरमा २८ सय टन क्षमताको शीत भण्डार साेमबारबाट सञ्चालनमा आउने

चितवन – भरतपुर महानगरपालिका-१८ चनौलीमा १८ करोडभन्दा बढीको लगानीमा शीत भण्डार निर्माण गरिएको छ । २८ सय टन क्षमताको कोल्ड रुम भएको शीत भण्डार सोमबारदेखि सञ्चालनमा आउँदै छ । १४ सय टन क्षमताको रुममा किसानहरुले आफ्नो कृषि उत्पादन राख्न पाउँछन् भने १४ सय टन क्षमताको रुममा व्यापारीहरुलाई निश्चित भाडा लिएर कृषिजन्य उत्पादन राख्न दिइनेछ । […]

कर्णाली प्रदेशमा २० ओटा शीत भण्डार निर्माण

असोज ३, वीरेन्द्रनगर । कर्णाली प्रदेशभर हालसम्म २० ओटा शीत भण्डार केन्द्र (कोल्ड स्टोर) निर्माण भएका छन् । सार्वजनिक र निजी क्षेत्रको साझेदारी कार्यक्रमबाट ती शीत भण्डारहरु निर्माण गरिएका हुन् । साना–ठूला गरी प्रदेशभर २० ओटा शीत भण्डार निर्माण भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार सुर्खेत र रुकुमपश्चिमा दुई–दुई ओटा, सल्यान र दैलेखमा एक–एक, डोल्पा, कालिकोट र जुम्लामा चार ओटा शीत भण्डार निर्माण गरिएका हुन् । त्यस्तै दुई ओटा शित भण्डारको निर्माण कार्य सकिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुको झिलमिले र वीरेन्द्रनगरमा निर्माण भएका ठूलो क्षमताका शीत भण्डारको सबै काम सम्पन्न भएको छ । अर्गानिक कर्णाली बनाउने उद्देश्य राखेको प्रदेश सरकारले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कोल्डस्टोर निर्माण थालेको छ । सरकारले चालू आर्थिक वर्षभित्र तीन ओटा ठूलो क्षमताका शीतभण्डार केन्द्र निर्माण गर्ने भएको छ । हरेक वर्ष सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा शितभण्डार निर्माण गर्दै आएको प्रदेशको भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालयले चालू आर्थिक वर्षमा दैलेख, सुर्खेतको गुर्भाकोट र वीरेन्द्रनगरमा एक/ एक ओटा शीतभण्डार निर्माण गर्ने भएको छ । जिल्लाको सम्भाव्यता अध्ययन, जग्गाको उपलब्धता तथा स्थानीय नागरिकको लागत साझेदारबाट शीतभण्डार निर्माण गरिने मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए ।