भरतपुरमा २८ सय टन क्षमताको शीत भण्डार साेमबारबाट सञ्चालनमा आउने

चितवन – भरतपुर महानगरपालिका-१८ चनौलीमा १८ करोडभन्दा बढीको लगानीमा शीत भण्डार निर्माण गरिएको छ । २८ सय टन क्षमताको कोल्ड रुम भएको शीत भण्डार सोमबारदेखि सञ्चालनमा आउँदै छ । १४ सय टन क्षमताको रुममा किसानहरुले आफ्नो कृषि उत्पादन राख्न पाउँछन् भने १४ सय टन क्षमताको रुममा व्यापारीहरुलाई निश्चित भाडा लिएर कृषिजन्य उत्पादन राख्न दिइनेछ । […]

सम्बन्धित सामग्री

किसानलाई बरदान बन्दै भेरी शीत भण्डार

राँझा (बाँके) । पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई बरदान सावित भएको छ । विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि बरदान सावित भएको हो । कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गदै त्यसको सुरक्षित भण्डारको आवश्यक देखिएपछि यसका स्थापना गरिएको भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष बलराम भट्टराईले बताए। उहाँका अनुसार आलुको बीउ जोगाउने उद्देश्य राखेर स्थापना भएको शीत भण्डारमा अहिले बीउका लागि तथा खाने आलु, विभिन्न तरकारी, फलफुल पनि भण्डारण गर्ने गरिएको छ । 'भेरी शीत गृह स्थापना अघि किसानले बीउ आलु राख्न काठमाडौँ, भक्तपुर, नारायणघाट, हेटौँडासम्म लैजानुपर्ने बाध्यता थियो', अध्यक्ष भट्टराईले भने, 'बीउ आलुको लागि भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता थियो । अहिले मध्य तथा सुदूरपश्चिमका किसानलाई कुनै समस्या छैन ।' शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई आलुको बीउ जोगाउन निकै समस्या भएपनि अहिले त्यो समस्या अन्त्य भएको खजुरा गाउँपालिका–२ सीतापुरका किसान गेहेन्द्र धितालले बताए। 'शीत भण्डारले आलुको बीउ जोगाइदिएर किसानलाई बरदान सावित भएको छ', उनले भने, 'यसअघि बीउ जोगाउन काठमाडौं, भक्तपुरसम्म पुग्नुपर्ने बाध्यता थियो ।' यसक्षेत्रका बाँके, बर्दिया, सुर्खेत र दाङ बढी आलु उत्पादन हुने क्षेत्र अन्तर्गत पर्दछन् । शीत गृह निर्माणले भारतीय बजारबाट आउने बीउ आलुलाई प्रतिस्थापन गर्न सफल भएको संस्थाका पूर्वअध्यक्ष डोलराज अर्यालले बताए। 'विशेषगरी भारतीय आयातलाई प्रतिस्थापन गरेको छ', उनले भने, 'पहिले जस्तो टाढाटाढा धाउनुपर्ने र भारतीय बजारको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।' भेरी सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको शीत गृह देशकै ठूलो शीत गृहमध्येको एक भएको अर्यालले दाबी गरे। विसं २०५१/५२ मा स्थापना भएको सहकारीले स्थापनाको करिब ६ वर्षपछि शीत गृह निर्माणको प्रक्रिया शुरू गरी विसं २०६५ फागुनदेखि भण्डारणको काम शुरू गरेको उनले जानकारी दिए । अध्यक्ष भट्टराईका अनुसार सहकारीमा ३ हजार ७१४ शेयर सदस्य रहेका छन् । कूल शेयर पुँजी  ९७ लाख ४९ हजार ५ सय रुपैयाँ रहेको उनले जानकारी दिए । हालसम्म भेरी शीत गृहबाट बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, प्यूठान जुम्ला, हुम्ला, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, कालिकोट र डोल्पाका किसान लाभान्वित भएका उनको भनाइ थियो । 'अहिले शीत गृहमा ३५ हजार चार सय १२ बोरा आलु भण्डारण गरिएको छ', अध्यक्ष भट्टराईले भने, 'गत आर्थिक वर्षमा संस्थाले उत्पादन गरेको बरफलाई नेपालगञ्जमा दुई हजार तीन सय ७३ सिल्ली बिक्री गरिएको छ ।' जिल्लाका विभिन्न स्थानमा अहिले नयाँ शीत गृह स्थापना भरहेकाले सञ्चालनमा थप चुनौती थपिएको उनको भनाइ थियो । आगामी दिनमा व्यावसायिक भवन तथा सटर विस्तार गर्ने, कृषि भण्डार कर्जा सञ्चालन गर्ने, स्याउ भण्डारलाई विशेष प्राथमिकता दिने र व्यावसायिक आलु खेती गर्ने किसानलाई उन्नत जातका बीउ तथा प्राविधिक सेवा दिनका लागि प्रदेश र सङ्घ सरकारसँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले भेरी शीत भण्डारले आगामी दिनमा किसानलाई ५० प्रतिशत अनुदान दिएर उत्पादन गरे किसान र शीत भण्डार दुवैलाई थप फाइदा हुने बताए। कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्ने बताउँदै शीत भण्डार र किसानका समस्या समाधानका लागि संसद्मा पहल गर्ने उनको भनाइ थियो । रासस

इलाममा शितभण्डार सञ्चालनमा आएन

इलाम । इलाममा करोडौँ रुपैया खर्च गरेर निर्माण गरिएको शीत भण्डार प्रयोगमा आउन सकेको छैन् । शितभण्डार सञ्चालनमा नआउँदा किसान र व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् । दश वर्षअघि निर्माण भएको शीत भण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी […]

शीत भण्डार सञ्चालनमा नआउँदा व्यवसायी मर्कामा

मङ्गलबारे- इलाममा करोडौँ खर्च गरेर निर्माण गरिएको शीत भण्डार (कोल्डस्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् । दश वर्षअघि निर्माण भएको शीत भण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी गर्ने बित्तिकै सस्तो मूल्यमा  फलफूल तथा तरकारी […]

शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई समस्या

इलाममा करोडौँ खर्च गरेर निर्माण गरिएको शीत भण्डार (कोल्डस्टोर) प्रयोग नहुँदा किसान तथा व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन् ।दश वर्षअघि निर्माण भएको शीत भण्डार प्रयोगविहीन हुँदा यहाँका किसानले उब्जनी गर्नेबित्तिकै सस्तो मूल्यमा  फलफूल तथा तरकारी बेच्नुपर्ने किसानलाई बाध्यता रहेको छ ।  इलाम कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित भएका तरकारी र फलफूल भण्डारण गर्ने ह

९० लाख खर्चिएर निर्माण गरिएको चिस्यान केन्द्र सञ्चालनमा आएन

खोटाङ : खोटाङमा ९० लाख सरकारी रकम खर्चिएर निर्माण गरिएको चिस्यान केन्द्र (शीत भण्डार) सञ्चालनमा आउन सकेको छैन। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा ३० टन भण्डारण क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न गरेर उद्घाटन गरेको ६ महिना बित्दा पनि सञ्चालनमा आउन नसकेको हो।जिल्लाका अन्य ठाउँमा पनि सोही प्रकारका केन्द्रहरु निर्माण भइरहेका छन्। प्रत्येक शुक्रबार ठूलो साप्ताहिक हटिया लाग्ने बुइपामा चिस्यान केन्द्रको आवश्यक रहेको ठहर गर्दै जिल्लाकै पहिलो केन्द्रकारुपमा निर्माण गरिएको

खोडपेमा ४५ लाखको लागतमा शीत भण्डार निर्माण

कृषि उपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीत भण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा  शीत भण्डार निर्माण गरिएको हो ।  दश टन क्षमताको उक्त शीत भण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्ड स्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । जिल्लामा पहिलोपटक शीत भण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण

बागमती प्रदेशले निर्माण गरिरहेकाे शीत भण्डार भदौबाट सञ्चालनमा आउने

कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीत भण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् । उक्त शीत भण्डारमध्ये दुई महिनादेखि एउटा सञ्चालन भइसकेको र आठ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मेसिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो सातामा नै सञ्चालनमा ल्याइने बताइएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा सरोज पाण्डेका अनुसार सरकारले रु ९७ करोड ८३ लाख ६३ हजार लागतमा प्रदेशका १० वटा शीत भण्डार निर्माण सुरु भएको र अब नुवाकोटका दुईब

३० टन क्षमताको शीत भण्डार

खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिका–१४ वुइपामा हप्ताको हरेक शुक्रबार साप्ताहिक हटिया लाग्छ । हटियामा लाखौं रुपैयाँको कृषि उपज किनबेच हुन्छ । तर, शीत भण्डारको व्यवस्था नहुँदा वर्षौदेखि किसानलाई भण्डारणको समस्या रहँदै आएको थियो ।अब भने किसानले उक्त समस्याबाट राहत पाउने भएका छन् । वुइपामा जिल्लाकै पहिलो चिस्यान केन्द्र सञ्चालनमा आएको छ । दुई रोपनी सार्वजनिक […]

चितवनमा अत्याधुनिक शीत भण्डार सञ्चालन

चितवन : सिजनमा बढी उत्पादन भई खेर जाने कृषि उपजको भण्डारणका लागि चितवनमा बागमती प्रदेशकै ठूलो र अत्याधुनिक शीत भण्डार सञ्चालनमा आएको छ।भरतपुर महानगरपालिका-१८ स्थित  चनौलीमा १७  करोड रूपैयाँभन्दा बढीको लगानीमा चितवन चनौली शीत भण्डार सहकारी संस्था निर्माण गरिएको हो। २८ सय टन क्षमताको ‘कोल्ड रुम’सहित शीत भण्डार आजदेखि सञ्चालनमा आएको हो।भण्डारमा १४ सय टन क्षमताको कक्षमा  किसानले आफ्नो कृषि उत्पादन राख्न पाउँछन्। १४ सय टन बराबर क्षमताको कक्षमा व्यापारीलाई निश्चित भाडा लिएर

करोडौँको शीत भण्डार प्रयोगविहीन

दोलखाको सैलुङ गाउँपालिका–३ बोथ्लेमा निर्मित करोडौँको शीत भण्डार सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेको छ ।