जिल्लाको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन जनता माध्यामिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुले विद्यालय व्यवस्थापन समिति भंग गर्नुपर्ने माग गरेका छन् । प्रधानाध्यापक बाहेकका २९ जना शिक्षक तथा कर्मचारीले हस्ताक्षर सहितको पत्र मुसीकोट नगरपालिकामा पेश गर्दे यस्तो माग गरेका हुन् ।