काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गरेका छन् । शुक्रवार प्रधानमन्त्रीले रामेछापको सुनापती गाउँपालिका घर भएका वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी ‘संभव’लाई परिषद् सदस्यमा नियुक्त गरेका हुन् । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको वैशाख २१ मा निधन भएपछि एकजनाको पद खाली थियो । निरालाको कोभिड–१९ संक्रमणबाट निधन भएको थियो । प्रधानमन्त्रीको तर्फबाट नियुक्त गर्न सकिने पदमा ‘सम्भव’ नियुक्त भएका हुन् ।