राष्ट्रपति चयनका लागि एकीकृत समाजवादीले सबै दलसँग छलफल गर्ने

नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका लागि पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका साथै समसामयिकलगायत विषयमा छलफल गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । जनताको लामो संघर्षबाट प्राप्त भएको राजनीतिक […]

सम्बन्धित सामग्री

सभामुखबारे काँग्रेसले अन्य दलसंग छलफल गरेर निर्णय गर्ने

काठमाडौं। नेपाली काँग्रेसले सभामुख र उपसभामुख चयनका सम्वन्धमा सवै दलसंग छलफल गर्ने भएको छ। सभापति देउवा निवास धुम्बाराहिमा शीर्ष नेताहरुविच भएको छलफलमा यस्तो सहमति भएको हो। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेसले सभामुख चयनका क्रममा भने के गर्ला भन्ने आम चासो छ। प्रतिनिधि सभामा माघ ५ गते सभामुख चयन गर्ने कार्यतालिका छ।

देउवा र प्रचण्डबीचको छलफल निष्कर्षविहीन, प्रधानमन्त्रीमा दुबैको दाबी यथावत

काठमाडौंः प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले दिएको पहिलो पटकको समयसीमा सकिन लाग्दा सत्ता गठबन्धनको पावर सेयरिङको हिसाब मिलेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच को पहिले प्रधानमन्त्री बन्ने भन्ने विवाद छ। शुक्रबार पनि दुई नेताबीच पावर सेयरिङ लगायतमा छलफल भएको छ। बालुवाटारमा भएको छलफल सकरात्मक…

माओवादी मधेस कमिटी गठनबारे छलफल सुरु

नेकपा माओवादी केन्द्रको मधेस प्रदेश कमिटी गठन गर्ने विषयमा छलफल सुरु भएको छ । प्रदेश अधिवेशन भएको ६ महिनापछि नेतृत्व चयनका विषयमा छलफल हुन थालेको हो । गत मंसिरमा प्रदेश अधिवेशन भएपनि विवादका कारण नेतृत्व चयन हुन सकेको थिएन ।प्रदेश कमिटीविहिन अवस्थामा माओवादी स्थानीय तह चुनावमा होमिएको थियो । जसका कारण माओवादीले यस चुनावमा १२ स्थानीय तह गुमाउन पुगेको छ । स्थानीय तहमा माओवादी पाँचौ भएपछि मधेस कमिटी गठनका विषयमा पुनः छलफल हुन थालेको इन्चार्ज गणेश शाहले बताए । ‘हामीले मधेस कमिटी गठन गर्न सकेका

उपसभामुख चयनका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ । भेटमा उहाँहरुबीच उपसभामुख चयन, नागरिकता विधेयक लगायतका छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । यसबीच गृहमन्त्री बालकृष्ण …

कांग्रेस केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल हुने

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारबारे छलफल हुने भएको छ । सोमबार दिउँसो बोलाइएको बैठकमा राष्ट्रियसभा सदस्य उम्मेदवार चयनका विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

नेतृत्व चयनबारे छलफल गर्न माओवादी स्थायी समिति बैठक जारी

नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारीमा नेता देव गुरुङले महाधिवेशनमा प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र नेतृत्व चयनबारे छलफल भइरहेको एक नेताले जानकारी दिए । शनिवारै महाधिवेशन सम्पन्न गर्ने माओवादीको तयारी छ । महाधिवेशनको सातौं दिन शनिवार बिहान ११ बजे बन्दसत्र बोलाइएको छ ।

नेतृत्व चयनका लागि माओवादीको स्थायी कमिटीमा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटीको बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। पुस ११ गतेदेखि सुरु भएको माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिनुअघि प्रचण्डले नेताहरुसँग छलफल थालेका हुन्। बन्दसत्रमा २५…

पूर्वमाओवादी नेताहरुसँग ओलीको छलफल

सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले नेताहरुसँग छलफल गरेका छन् । आइतबार उनले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह लगायतका नेतासँग छलफल गरेका हुन् ।आफू बसेकै रिसोर्टमा उनीलाई बोलाएर ओलीले नयाँ नेतृत्व चयन प्रक्रिया र उनीहरुका आकांक्षाबारे चासो राखेको स्रोत बताउँछ । ओलीले सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयासस्वरुप बिहानैदेखि पार्टीका विभिन्न नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएका छन् ।भेटमा पूर्व माओवादी नेताहरुले आफूहर

सुवास नेम्वाङले भने– माओवादी छैन, सहमति जुटाउन अध्यक्षले छलफल गरिरहनुभएको छ

नेकपा एमाले स्थायी समितिका सदस्य सुवास नेम्वाङले पार्टीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले छलफल गरिरहेको बताएका छन् । सौराहास्थित ओली बसेको होटल पार्क सफारीमा अध्यक्ष ओलीसँग छलफल गरेर निस्किने क्रममा नेम्वाङले छलफल जारी रहेको बताए ।एमाले अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्नका लागि आफूनिकट नेताहरुसँग बिहानैदेखि छलफल जारी राखेका छन । नेम्वाङले पत्रकारहरुसँग भने, ‘अध्यक्षले छलफल गरिरहनुभएको छ, सहमति जुटिसकेको छैन ।’छलफलका क्रममा पूर्वमाओवादी खेमाबाट रामबहादुर थापा बादल