नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारीमा नेता देव गुरुङले महाधिवेशनमा प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र नेतृत्व चयनबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।
शनिवारै महाधिवेशन सम्पन्न गर्ने माओवादीको तयारी छ । महाधिवेशनको सातौं दिन शनिवार बिहान ११ बजे बन्दसत्र बोलाइएको छ ।