एप्पल, अल्फाबेट (गुगल) र माइक्रोसफ्ट कर्पोरेसनजस्ता ठूला प्रविधि कम्पनीहरूले अनलाइन एकाउन्टमा लग-इन गर्न प्रयोगकर्तालाई आवश्यक पर्ने एउटा झन्झटिलो प्रक्रियाको अन्त्य गर्ने विषयमा आफूहरू निकै नजिक पुगेको बताइरहेका छन् । त्यो झन्झट हो: पासवर्ड । कम्पनीहरूले पासवर्डको सट्टा अनुहार, औंठाछाप र पिन कोडबाट लग-इन हुने विकल्प रोज्दै छन् ।