यस्तो थियो मानवजातिको पूर्खाको अनुहार (भिडियो)

आजभन्दा ४० लाख वर्षअघिको मानव पूर्खाको अनुहार कस्तो थियो भनी अब थाहा पाउन सकिने भएको छ । वैज्ञानिकहरूले प्राचीन मानव अनुहारको संरचना रिक्रीएट गरेका छन् ।  यो अस्ट्रालोपिथेकस एनामेनसिस भनी चिनिने प्रजातिका मानवको अनुहार हो । सन् २०१६ मा इथियोपियामा साबुत अवस्थामा भेटिएको सानो खप्परका आधारमा अनुहार बनाइएको हो ।  अनुसन्धानकर्ताहरूले वयस्क पुरुषको खप्पर फेला पारेका हुन् । लाम्चो र साँघुरो खप्परमा सानो मस्तिष्क भएको पत्ता लागेको हो ।  तर उक्त प्रजातिको गालाको हाड उठेकाले अनुहार आधुनिक मानवको जस्तो...