सुर्खेत : कर्णाली प्रदेश अस्पताललाई हाल ३ सय बेडसहितको सुविधा रहेकोमा अब भवनमा ५ सय शय्या पुर्याइने भएको हो। साथै हेलिप्याड पनि बनाउने गरी निर्माण सम्झौता गरिएको छ।प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौंबीच अस्पतालको तला थपका लागि बुधबार सम्झौता गरिएको हो। १ अर्ब २ करोड ४२ लाख ७२ हजार रुपैयाँ लागतमा अस्पतालमा एक तला थपिँदैछ।अस्पतालले बिरामीको चाप ह्वात्तै बढेपछि शिक्षण अस्पतालसहितको सुविधा रहने गरी तला थप गर्न लागेको अस्पतालका निर्देशक डाक्