काठमाडौँ – उपराष्ट्रपति रामसहाय यादव बुधबार साँझ सिभिल अस्पताल भर्ना भएका छन्। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ। उपराष्ट्रपति यादवलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ साढे सात बजे भर्ना गरिएकाे हाे।
भक्तपुर – भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नजरमा भक्तपुर अस्पताल यस वर्षको नै सर्वोत्कृष्ट अस्पताल बन्न पुगेको हो। न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले अवलोकन तथा मूल्याङ्कन […]
रुपन्देहीको सियारी गाउँपालिकामा सात महिनाको अन्तरालमा एउटा अस्पताल दुई पटक शिलान्यास भएको छ । सात महिनाअघि गाउँपालिकाका तत्कालीन अध्यक्ष अयोध्या थारुले शिलान्यास गरेको १५ शय्याको अस्पताल शनिबार गृहमन्त्री खाँणले फेरि शिलान्यास गरे । ‘एक पालिका, एक अस्पताल’ अवधारणा अनुसार तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण सुरु गरेको अस्पताल सियारीमा दुई पटक शिलान्यास भएको हो । देशका हरेक पालिकामा १५ शय्याको अस्पताल बनाउने घोषणा गरे अनुसार गाउँपालिकाका तत्कालीन अध्यक्ष अयोध्या
काठमाडौं : सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने नयाँ नीति ल्याउने तयारी सरकारले गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाउन लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा अब सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ।यसका लागि मन्त्रालयले रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले बताए। ‘हाल सरकारी अस्पताल भएका ठाउँमा निजी
काठमाडौं : पछिल्लो समय देशमा पेशागत अस्पताल बनाउने लहर चलेको छ। शिक्षक अस्पताल, श्रमिक अस्पताल बनाउने सरकारको योजना अहिले चर्चामा छन्। गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक अस्पताल बनाउने घोषणा गरेको थियो। हाल श्रमिक अस्पताल निर्माण गर्न सम्भाव्यता अध्ययन भइरहेको छ। श्रम मन्त्रालयका सह-सचिव दिपक काफ्लेको संयोजकत्वको समितिले सो विषयमा अध्ययन गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए। कहाँ, कसरी निर्माण गर्ने, व्यवस्
अस्पताल भवनको शिलन्यास भएपछि सर्वसाधारणमा खुसियाली छाएको थियो। गाउँमै अस्पताल बन्ने देखेर औधी खुसी भएका सर्वसाधारण अस्पताल नबेपछि भने निरास भएका छन्।...
अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए ।७० वर्षीय अभिनेता यस अगाडि २०२० मा हैदरावादको एपोलो अस्पताल भर्ना भएका थिए । थकान र रक्तचापमा उतारचढाव अनुभव गरेका कारण अस्पताल भर्ना गरिएको उनी दुई दिनमै डिस्चार्ज भएका थिए । मृगौला प्रत्यारोपण समेत गराइसकेका रजनीकान्त छिट्टै फिल्म ‘अन्नातेमा’ मा देखिनेछन् । फिल्म ४ नोभेम्बरमा रिलिज हुँदैछ । सन् पिक्चर्सले निर्माण गरेको फिल्म सिरुथ