कतारमा विधायक छान्नका लागि पहिलो पटक चुनाव

काठमाडौँ । कतारमा हिजो (शनिबार) पहिलो पटक विधायक छान्नका लागि चुनाव भएको छ। अलजजिरा टेलिभिजनका अनुसार ४५ सदस्यीय सुरा काउन्सिलका ३० विधायकका लागि शनिबार मतदान भएको हो। अर्को वर्ष विश्वकप फुटबल आयोजना गर्न लागेको कतारमा पहिलो पटक आम चुनाव भएको हो। शनिबारको चुनावमा ४४ प्रतिशत मतदान भएको थियो। ३० सिटका लागि भएको चुनावमा २३३ जना […]

सम्बन्धित सामग्री

डलरमा चुनावी प्रचार : ६७ हजार ३६ अमेरिकी डलर बराबर खर्च

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता भन्दा कम छ छ। उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन्। मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ। त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपुर देखिन्छ। फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन्। जुन स्वाभाविक एवं आवश्यकता नै भइसक्यो। तर ‘चुनावमय सञ्जाल’का अन्तरकुन्तर खोज्दा त्यहाँ समस्याका अनेकौँ गाँठा भेटिन्छन्। सञ्जालमा चलिरहेका चुनाव केन्द्रित गतिविधि केलाउँदा आर्थिक पाटोसम्म पुग्छ। राज्य संयन्त्र एवं नियामकको कमजोरीदेखि विधायक भूमिकामा जान प्रतिस्पर्धा गरिरहेका उम्मेदवारले मौजुदा कानुन र वित्तीय अनुशासनमा ध्यान नदिएको देखिन्छ।

उत्तराखण्डमा धामी फेरि मुख्यमन्त्री बन्ने

काठमाडौं– नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा पुष्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन् । चुनाव पराजयपछि पनि उनी उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेका हुन् । मार्चको दोस्रो साता सार्वजनिक भएको विधानसभा निर्वाचनमा धामी कंग्रेसका उम्मेदवारसँग पराजित भएका थिए ।  उनी राज्यको भाजपा विधायक दलको नेतामा निर्वाचित भएपछि उनी फेरि उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेका हुन् […]

अमेरिकी सरकारविरुद्ध छानबिन र बाइडेनलाई महाभियोग लाग्ने सम्भावना

वासिंगटन । अमेरिकाको मद्यावधि चुनाव आउन दस महिनापछि हुनेछ । तर, राष्ट्रपति जो बाइडेनको सरकार र गठबन्धनले आफूहरु विरुद्ध थुप्रै अनुसन्धान हुने र बाइडेनविरुद्ध महाभियोगसमेत दर्ता हुनसक्ने सम्भावनाको संकेत पाउन थालेका छन् । यसका लागि रिपब्लिकनहरुले प्रतिनिधि सभा, सिनेट वा दुवैको सहयोग लिनसक्ने सम्भावना देखिएको छ ।  विधायक, कंग्रेसका कर्मचारी र...

उत्तराखण्डका युवा नेता पुष्करसिंह धामी बने नयाँ मुख्यमन्त्री, साँझ ६ बजे शपथ

भारतको उत्तराखण्ड प्रदेशमा पुष्करसिंह धामी नयाँ मुख्यमन्त्री बनेका छन् । प्रदेश राजधानी देहरादूनमा बसेको भारतीय जनता पार्टी (भाजपा) विधायक दलको बैठकले धामीलाई दल नेता चयन गर्दै मुख्यमन्त्री चयन गरेको हो । धामीले साँझ ६ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गएराति तीरथसिंह रावतले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । सांसद नरहेका रावतले ६ महिनाभित्र सांसद बनिसक्नुपर्ने भएपनि कोरोनाका कारण तत्कालै चुनाव हुनसक्ने अवस्था नहुँदा उनले मुख्यमन्त्री बनेको ४ महिनामै राजीनामा दिएका हुन्...

महामारीमा चुनाव : एक सीटमा मतदान गर्दा तीन दर्जन नागरिकको मृत्यु

भारत मध्यप्रदेशमा हालै भएको विधानसभा चुनाव कोरोना महामारी फैलाउने मुख्य कारण बनेको छ।त्यहाँ एक विधानसभा सीटको चुनाव हुँदा कोरोना संक्रमणबाट कम्तिमा तीन दर्जन मानिसको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ। मध्यप्रदेशको दमोह विधानसभा क्षेत्र राजनीतिक अकर्मण्यताका कारण निम्तिएको मानवीय हताहतीको खराब उदाहरण बनेको हो। सो क्षेत्रबाट चुनिएका विधायक अजय टण्डनले शुक्रबार भोपालमा सपथ त लिएका छन्। तर भोपालबाट करिब २५० किलोमिटर पर बसिरहेका मतदाताहरूले जुन क्षति ब्यहोरे, त्यो अत्यासलाग्दो छ। यदी चुन

६ हजार बैंक ब्यालेन्स हुनेले जितिन् चुनाव, बनिन् विधायक

एजेन्सी । पश्चिम बंगालको बान्कुडा जिल्लाबाट भारतीय जनता पार्टी (भाजपा) की उम्मेदवार चन्दना बाउरी विजयी भएकी छिन् । पहिलोपटक विधानसभा सदस्य चुनिने क्रममा चन्दनाले त्रिणमुल काँग्रेस (टिएमसी) का प्रत्यासी सन्तोषकुमार मण्डललाई ४ हजारभन्दा धेरै मतान्तरले हराइन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो चुनावी प्रचारका क्रममा केही अवसरमा चन्दनाको चर्चा गरेका थिए, त्यसकारण पनि चन्दनाको जीतलाई धेरैले महत्वका साथ हेरेका छन् ।  जतिबेला भाजपाले चन्दनालाई यस क्षेत्रमा उम्मेदवार बनायो, त्यतिबेला

आपका २० विधायक अयोग्य घोषित, दिल्ली सरकारलाई झड्का

७ माघ, काठमाडौं । आम आद्मी पार्टी (आप)का २० विधायक अयोग्य ठहर भएका छन् । यो दिल्ली सरकारका लागि ठूलो झड्का मानिएको छ । चुनाव आयोगले दिल्ली विधानसभाका आपका २० विधायकलाई अयोग्य ठहर गर्न सिफारिस गरेको थियो, जसलाई राष्ट्रपतिले स्वीकृत गरेको छ । लाभको पदमा रहेर चुनाव लडेको भन्दै आयोगले अयोग्य ठहर …