नेपाली ब्रान्ड ‘गोल्डस्टार’को शोरुम कतारमा

काठमाडौं । नेपाली ब्रान्ड गोल्डस्टार फुटवेयरको बजार अब कतारमा पनि विस्तार हुने भएको छ । गोल्डस्टारले कतारमा आफ्नो ब्रान्डको बिक्री शुरु गर्न लागेको जनाएको हो ।हाल कतार निवासी प्यूठानका मधुसुधन केसीले कतारमा गोल्डस्टारको आउटलेट खोलेर नेपाली ब्रान्डको मार्केटिङ गर्ने भएका हुन् । केसी बैदेशिक रोजगारीको शिलशिलामा सन् २००७ मा कतारमा पुगेका थिए । तथापि, रोजगारीकै शिलशिलामा आफै व्यापार गर्न शुरु गरेका केसी हाल सोही स्थानमा सफल व्यवसायीको रुपमा स्थापित हुन सफल भएका छन् । पछिल्लो समय स्वदेशी उत

सम्बन्धित सामग्री

सोनामको पहिलो फ्याक्ट्री आउटलेट सहितको नयाँ शोरुम कलंकीमा

काठमाडौं । नेपाली ब्रान्ड सोनामले आफ्नो पहिलो फ्याक्ट्री आउटलेट हिमालय कम्ल्पेक्स कलंकीमा सञ्चालनमा ल्याएको छ । सोनामको यो आउटलेट सहित शोरुम संख्या २३ वटा पुगेको छ । यो आउटलेटमा वर्षैभरि विभिन्न आइटमहरुमा छुट दिइरहने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ शोरुममा कम मूल्यका उही गुणस्तर तर सबै कलर र साइजका […]

ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा

काठमाडौं, ११ माघ । नेपाली बजारमा संयुक्त अरब इमिरेट्स (यूएई)को फर्निचर ब्रान्ड ड्यानुबका उत्पादन बिक्री गर्दै आएको ड्यानुव होम नेपालले काठमाडौंको डिल्लीबजारमा दोस्रो शोरुम विस्तार गरेको छ। ड्यानुव होमको सुन्धारा ताहागल्लिस्थित पहिलो शोरुमको सफलतापछि बृहत ग्रुपले डिल्लीबजारको पुण्य म्यानसनमा दोस्रो शोरुम खोलेको जनाएको छ। पूर्व मिस नेपाल प्रिती सिटौलाले मंगलबार ड्यानुव होम नेपालको दोस्रो शोरुमको […]

बाथरूम प्रोडक्ट्स रोकाको ८ ओटा नयाँ शोरुम सञ्चालनमा

चैत २९, काठमाडौं । सेनेटरी वेयर स्पेस र प्रिमियम बाथरूम समाधान गर्दै आएको कम्पनी रोका बाथरूम प्रोडक्ट्स प्रालिले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन आठ ओटा नयाँ शोरुमको सञ्चालनमा ल्याएको छ । कम्पनीले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । शोरुमको शुभारम्भ गगर्दै रोकाबाथ रूम प्रोडक्ट्सका प्रबन्ध निर्देशक केई रंगनाथनले ब्रान्डको पहुँच विस्तार गर्न र नेपाली बजारमा बलियो उपस्थिति राख्न पाउँदा खुसी लागेको बताए । साथै उनले फरक उत्पादनहरू र सेवाहरू नयाँ बजारहरूमा प्रवेश गरेको बताए । उनले नेपाल भ्रमणको अवसर पारि रोका बाथरूम प्रोडक्ट्स प्रालिको आठ ओटा नयाँ शोरुम, पाँच ओटा ब्रान्ड प्यारीवेयर र तीन ओटा ब्रान्ड रोकाको उद्घाटन पनि गरे । सो अवसरमा ब्रान्ड प्यारी वेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २० प्रतिशतको बजार हिस्सा बनाएको जानकारी दिइएको छ ।  कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा रहेको पनि सो अवसरमा जानकारी दिइयो । ती नयाँ शोरुमहरूको शुुरुवातसँगै उक्त ब्रान्डले नेपालमा बलियो उपस्थिति जनाउँदै ग्राहकको विश्वास जित्ने लक्ष्य राखेको छ ।

पोखरामा स्कोडा शोरुम

काठमाडौं (अस) । स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । युरोपियन लिडिङ ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले पोखरामा स्कोडा कार र एसयूभी बिक्री वितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेको हो । एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । देशभर स्कोडा कारको उपलब्धतता सहज बनाउन डिलर डेभलपमेन्टलाई प्राथमिकतामा राखेर काम गर्दै आएको कम्पनीले बताएको छ । एमएडब्लुले पोखरामा युरोपियन मापदण्डको नयाँ शोरुम स्थापना गरेको हो । नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले शोरुम र वर्कसपको संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रममा कार्यकारी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न शोरुम र वर्कसप स्थापना गरिएको बताए । ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज रूपमा ग्राहकलाई युरोपियन कारको सहज पहुँच पुर्‍याउन प्रतिबद्ध छौं,’ उनले भने । पोखरामा शोरुम उद्घाटन अवसरमा फागुन २४ र २५ गते विशेष टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिने एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए ।

गल्फ लुब्रिकेन्टको शोरुम अब नेपालगन्ज र दाङमा

नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्ज र दाङमा आफ्नो शोरुम विस्तार गरेको छ । नेपालगन्जमा आधिकारिक बिक्रेता रवि त्रदेर्स र दाङ्गमा आधिकारिक बिक्रेता मध्य पश्चिम सप्लायर्सको नया शोरुम विस्तार गरेको हो ग्राहकलाई उच्च सेवा प्रधान गर्ने उद्देश्यले यो नयाँ शोरुम संचालनमा लएको कम्पनीले जनाएको छ ।शोरुमको उदघाटन कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका अध्यक्ष अरुण चौधरीले भने,‘गल्फ ब्रान्ड अन्तर्राष्ट्रिय ब्रान्ड हो जुन उच्च क्वालिटीको लागि प्रख्यात छ । नेपाली बजारमा गल्फ सर्वाधिक बिक्रि हुने लुब

स्कोडाको नयाँ ‘स्टेट अफ द आर्ट’ सोरुम बिर्तामोडमा

नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो नयाँ ‘स्टेट अफ द आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स)’ शोरुम पूर्वको बिर्तामोडमा विस्तार गरेको छ ।उक्त स्थानका लागि हलेसी अटोमोबाइलले आधिकारिक स्कोडाको बिक्री वितरण तथा बिक्री पछिको सेवाको जिम्मेवारी पाएको हो । नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्

चेरी कारको बिक्री नेपालमा सुरू

चिनियाँ ब्रान्ड चेरीले फेरि नेपालमा बिक्री वितरण सुरु गरेको छ । सारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले चेरीको एसयूभी सेग्मेन्टबाट नेपालमा बिक्री सुरु गरेको हो ।योसँगै करिब १ दशकअघि नेपालबाट बाहिरिएको ब्रान्ड पुनः नेपाली बजारमा प्रवेश गरेको छ । एसपीजी अटोमोबाइल्सले थापाथलीमा शोरुम खोलिसकेको छ ।चीनमा सन् १९९७ मा चेरी अटोमोबाइल्सको स्थापना भएको थियो । विश्वका ८० […]

नेपाली फेसन ब्रान्ड रिगल इन्कको शोरुम दरबारमार्गमा

नेपाली फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्रान्ड आउटलेट काठमाडौंको दरबारमार्गमा खुलेको छ । ट्याग इन्टरनेसनल प्राइभेट लिमिटेडअन्तर्गत दर्ता रियल इन्क दरबारमार्गमा रहेको त्रिसरा रेस्टुराँको भवनमा शोरुम खुलेको हो । नबिल बैंकका प्रमुख कार्यकारी अनिल शाहले उद्घाटन गरेको उक्त समरोहमा फेसन क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वको उपस्थिति थियो ।