बैंक तथा वित्तीय संस्थाहरूमा चालू आर्थिक वर्षको ६ महिनापछि बल्ल तरलता सहज हुन थालेको छ । सरकारले स्थानीय निकायको सञ्चित कोषमा भएको ८० प्रतिशसम्मको रकम वाणिज्य बैंकहरूले निक्षेपका रूपमा लिन पाउने व्यवस्था गरेको र बैंकहरूले तीन महिनादेखि नै नयाँ ऋणीलाई कर्जा लगानी गर्न रोकेका कारण तरलता सहज हुन थालेको देखिएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार पुस मसान्तमा सरकारलाई कर तिनुपर्ने भएका कारण बैंकहरूमा फेरि तरलता अभाव हुन्छ कि भन्ने चिन्ता थियो । उनका अनुसार पुस मसान्तसम्मको तथ्यांकले बैंकहरूमा ३२ अर्ब र...