नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल कायम तरलता अभाव बैंकहरूले नै निम्त्याएको बताएका छन् ।
तरलता पर्याप्त भएका बेला ६ प्रतिशत ब्याजदरमै कर्जा लिन बोलाएका बैंकहरूले दीर्घकाल निम्ति नसोच्दा अहिले तरलता अभाव भएको गभर्नर अधिकारीले दाबी गरेका हुन् ।
गभर्नर अधिकारी नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तरलता अभावबारे धारणा राख्दै थिए ।
‘बैंकहरूले घाँटी हेरेर हाड ननिल्दा तरलता समस्या निम्तियो, अहिले स्रोत बिनाको लगानी बढ्दा मिसम्याच भएको छ,&r...