निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहले माओवादी छाडेर आएकालाई समावेश गरी प्रदेश नम्बर २ को विभिन्न जिल्ला कमिटीको पुनर्गठन गर्दै जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपा एमाले प्रदेश नम्बर २ कमिटीले प्रदेशका विभिन्न जिल्लामा अध्यक्ष र सचिव मनोनयन गरेको हो ।ओली समुहको बिहिबार जनकपुरधाममा ज्वाला कुमारी साहको अध्यक्षतामा बसेको बैठकले प्रदेश नम्बर २ को ५ वटा जिल्लामा अध्यक्ष र सचिव चयन गरेको छ । एमाले ( ओली समुह) को प्रदेश अध्यक्ष ज्वाला कुमारी साहद्वारा हस्ताक्षरित विज्ञप्ति