काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर २ को नाम मधेश प्रदेश राखेकोमा खुशी व्यक्त गरेका छन् । उनले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नम्बर २ को प्रदेशसभा बैठकले प्रदेशको नाम मधेश प्रदेश राखेको र राजधानी जनकपुर बनाउन सफलता गरेकोमा सांसदहरुलाई बधाई ज्ञापन गरेका छन् […]