प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापकरुपमा दुरुपयोग गरिरहेका छन् । सरकारी नम्बर प्लेटका गाडी आफ्नो पार्टीका नेता कार्यकर्तालाई ओसारपसार गर्नेदेखि विशुद्ध पार्टीका काममा प्रयोग हुँदै आएका छन् ।महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले लोसपा रोजेसँगै बुधबार जनकपुरधाम आएका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेताद्वय राजेन्द्र महतो एवम् शरतसिंह भण्डारीलाई लिन सरकारी गाडीमै पार्टीको झण्डा फहराएर विमानस्थलसम्म पुगेका