प्रदेश नम्बर २ मा विभिन्न मन्त्रालयका ५ जना सचिवको सरुवा भएको छ भने ३ जना सचिव विभिन्न मन्त्रालयमा आएका छन् । सरुवा भएसँगै प्रदेशका केही मन्त्रालय सचिवविहीन बनेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवलाई सचिवमा पदोन्नति गरि प्रदेश २ मा पठाएको हो ।उद्योग, पर्यटन तथा वन मन्त्रालय प्रदेश २ का सचिव डा. रामचन्द्र कँडेलको सरुवा वन तथा वातावरण मन्त्रालयमा भएको छ भने सो मन्त्रालयमा भने सचिव नै पठाइएको छैन । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी विकास