समृद्धि फाइनान्सको हकप्रद शेयरमा आजसम्म बोलपत्र पेश गर्न सकिने

काठमाडौं, ५ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २९ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो । असार ३ गतेदेखि १० गतेसम्म विक्री खुला गरेकोमा वितरण हुन नसकेका ११ लाख ३५ हजार ५५८ कित्ता शेयर लिलामी मार्फत विक्रीमा ल्याएको हो । शेयर खरीदका न्यूनतम मूल्य १ […]

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको १५ हजार कित्ता संस्थापक शेयर विक्रीमा

वैशाख २२, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापकतर्फको १५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।  शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र निवेदन पेश गर्न पनि कम्पनीले अनुरोध गरेको छ । यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा खरीद आवेदन पेश गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुको आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बुधवार

वैशाख ६, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बुधवार वैशाख ७ गतेसम्म रहेको छ । लिलामी शेयरमा आवेदन दिन इच्छुक आवेदकले बुधवार बैंकिङ् समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले चैत २९ गतेदेखि हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याएको हो ।  कम्पनीले हकप्रद शेयरमा नबिकेको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गरेको होे । उक्त शेयरको न्यूनतम मूल्य रू.१०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने छ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।  विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढी शाखा र कम्पनीको केन्द्रीय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

समृद्धि फाइनान्सको अवितरित हकप्रद आजदेखि लिलामीमा

चैत २९, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (मंगलवार) देखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ ।  कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।  यो शेयर खरीदका लागि वैशाख ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।  बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

समृद्धि फाइनान्सको लिलामी शेयरमा मंगलवारदेखि आवेदन दिन सकिने

चैत २८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा शेयरमा मंगलवारदेखि आवेदन दिने सकिने छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । यो शेयर खरीदका लागि वैशाख ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ । यो शेयरको न्यूनतम मूल्य रू.१०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने छ भने भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

समृद्धि फाइनान्सको अवितरित हकप्रद चैत २९ गतेदेखि लिलामीमा

चैत २२, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चैत २९ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ ।  कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको ८ लाख ६७ हजार ३३६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर गरी कुल ९ लाख ४० हजार ४६६ कित्ता शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।  यो शेयर खरीदका लागि वैशाख ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।  बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीका तोकिएका शाखा र समृद्धि फाइनान्सको केन्द्रिय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

समृद्धि फाइनान्सले नियुक्त गर्‍यो दुई जना सञ्चालक

भदौ ३१, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले दुई जनालाई सञ्चालकमा नियुक्त गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी नेपा पेट्रोलियम ट्रेड लिङ्स प्रालिको तर्फबाट सुजन अधिकारी सञ्चालक पदमा र बैकल्पिक सञ्चालकमा रोशन पन्तलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ  ।

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार *

असार ९, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैकिङ समयसम्म रहेको छ । कम्पनीले असार ३ गतेदेखि संस्थापक समूहको १३ लाख ८०हजार ७१८ कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिने छ । बोलपत्रदाताले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण शेयरको लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । *समृद्धि फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैकिङ समयसम्म हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा

असार ३, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।  कम्पनीले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।  न्यूनतम मूल्य रू. १०० तोकिएको उक्त शेयर खरीदका लागि असार १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै बैंक अफ काठमाडौंको विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि बोलपत्र प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था रहेको छ ।

समृद्धि फाइनान्सको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा

जेठ २५, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले गत मंसिर १० गतेदेखि १७ गतेसम्म हकप्रद शेयर विक्री खुला गरेकोमा १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयरका लागि आवेदन नपरेकाले लिलामीमार्फत विक्री गर्न लागेको जानकारी दिएको छ ।   उक्त शेयर खरीद गर्न योग्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  उक्त शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।  यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।