समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बुधवार

वैशाख ६, काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बुधवार वैशाख ७ गतेसम्म रहेको छ । लिलामी शेयरमा आवेदन दिन इच्छुक आवेदकले बुधवार बैंकिङ् समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले चैत २९ गतेदेखि हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याएको हो ।  कम्पनीले हकप्रद शेयरमा नबिकेको ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक शेयर र ७३ हजार १०० कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री खुला गरेको होे । उक्त शेयरको न्यूनतम मूल्य रू.१०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । उक्त शेयरमा बोलपत्र पेश गर्दा संस्थापक शेयरमा न्यूनतम १ हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने छ भने सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने छ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।  विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढी शाखा र कम्पनीको केन्द्रीय कार्यालय तथा काठमाडौं, चितवन, पोखरा र बुटवल शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

फागुन २९, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ८ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पनीले प्रतिकिक्ता रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर सि रेटिङ पाएको छ । यस्तो रेटिङले समय वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ । विक्री प्रबन्धक बि।ओ।के क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर एपबाट उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आइतवार

फागुन २७, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आइतवारसम्म रहेको छ । कम्पनीले फागुन ८ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पनीले प्रतिकिक्ता रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर सि रेटिङ पाएको छ । यस्तो रेटिङले समय वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ । विक्री प्रबन्धक बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर एपबाट उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

नेप्सेमा सुचिकृत २२ कम्पनीको साधारणसभा आज हुदै (सूचीसहित)

पुस महिनाको अन्तिम दिन आज ३० गते शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २२ कम्पनीले साधारणसभा गर्दै छन् । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन् ।आज खानी खोला हाइड्रो, छ्याङदी हाइड्रो, कालिका पावर, सेन्चुरी कर्मर्शियल बैंक, मैलुङ खोला हाइड्रो, मल्टीपर्पस फाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, सिभिल बैंक, जनउत्थान सामुदायिक लघुवित्त, हिमालयन पावर पार्टनर, हिमालयन बैंक, सानिमा जनरल इन्स्योरेन्स, नबिल बैंक, रिलायन्स फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, आरएमडिसी लघुवित्त, कालिका लघुवित्त , आँधीखोला लघुवित्त, सिद्धार्थ बैंक, र सेन्ट्रल फाइनान्सले सभा गर्न लागेका हुन् ।कतिपय कम्पनीले आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नेछन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । यस अघि हिजो पुस २९ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १५ वटा कम्पनीले साधारणसभा गरेका थिए । हिजो चन्द्रागिरी हिल्स, कृषि विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त, बरुण हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, सामुदायिक लघुवित्त, मिर्मिरे लघुवित्त, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, मानुषी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, एनसीसी बैंक , र नारायणी  डेभलपमेन्ट बैंकले साधारणसभा गरेका थिए ।  नेप्सेमा सुचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंक र नेप्से आफैले पनि हिजो साधारणसभा गरेको थियो ।

समृद्धि फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

समृद्धि फाइनान्स Samriddhi Finance Company को हकप्रद सुरक्षित गर्ने आज पुस ८ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अब कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले  साउन १५ गते नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो ।वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।  कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

समृद्धि फाइनान्सको हकप्रद शेयरमा आजसम्म बोलपत्र पेश गर्न सकिने

काठमाडौं, ५ साउन । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २९ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन हो । असार ३ गतेदेखि १० गतेसम्म विक्री खुला गरेकोमा वितरण हुन नसकेका ११ लाख ३५ हजार ५५८ कित्ता शेयर लिलामी मार्फत विक्रीमा ल्याएको हो । शेयर खरीदका न्यूनतम मूल्य १ […]

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार *

असार ९, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैकिङ समयसम्म रहेको छ । कम्पनीले असार ३ गतेदेखि संस्थापक समूहको १३ लाख ८०हजार ७१८ कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिने छ । बोलपत्रदाताले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण शेयरको लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । *समृद्धि फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैकिङ समयसम्म हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।