असार ९, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैकिङ समयसम्म रहेको छ ।
कम्पनीले असार ३ गतेदेखि संस्थापक समूहको १३ लाख ८०हजार ७१८ कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिने छ ।
बोलपत्रदाताले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण शेयरको लागि आवेदन दिन सक्नेछन् ।
विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
*समृद्धि फाइनान्स लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैकिङ समयसम्म हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।