सडक सुविधाको फाइदा, उज्यालो नहुँदै सहर पुग्छ गाउँको तरकारी

इलाम : गाउँगाउँमा सडक विस्तार भएसँगै किसानहरूलाई आफ्नो उत्पादन बिक्री वितरण गर्न सहज भएको छ।इलामको सूर्योदय नगरपालिका, रोङ गाउँपालिका लगायतका किसानहरुले आफूले उत्पादन गरेको तरकारी झापाका बजारहरुमा राम्रो मूल्यमा बिक्री गर्दै आएका छन्।यहाँका किसानहरुले उत्पादन गरेको तरकारी झापाका व्यापारीहरु घरैमा आएर खरिद गर्ने गरेका छन्। अहिले सूर्योदय नगरपालिका, रोङ गाउँपालिकाको विभिन्न गाउँमा उत्पादन भएका तरकारी झापाका बजारहरुमा उज्यालो नहुँदै पुग्छन्।किसानहरुले उत्पादन गरेको टमाटर, साग, आलु, इस्कुस लगायतका त

सम्बन्धित सामग्री

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

१५ जेठ, ढोरपाटन । पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ ।बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका …

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठुलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा बनमाराले समस्या हुन थालेको छ ।

तरकारी बिक्री गर्न बिहानै नेपालगन्ज पुग्छन् थारू महिला

गाउँघरमा उत्पादन भएको विषादी नहालिएको अर्गानिक तरकारीको माग सहर बजारमा बढ्दै गएपछि नेपालगन्ज वरिपरिका ग्रामीण क्षेत्रका महिला एकाबिहानै तरकारी लिएर नेपालगन्ज पुग्ने गरेका छन् । अर्गानिक तरकारीको बिक्री र माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारीमा तरकारी खेती गरेर राम्रो कमाइ गर्न थालेका हुन् ।

सम्पादकीय: बिचौलिया मात्रै पोस्ने तरकारी बजारको बेथिति हटाऊ

मुलुकका दुई ठूला सहर काठमाडौं र पोखराबाट डेढ सय किलोमिटरभित्रै पर्ने चितवन आफैंमा अर्को केन्द्र हो, जहाँ भरतपुर महानगरसहित अरू साना–ठूला कैयौं बजार छन् । तर त्यहीँका किसानले बजार नपाएको भन्दै बीच सडकमा तरकारी फ्यालेर विरोध गर्नुपर्ने परिस्थिति आउनु विडम्बनापूर्ण छ ।

मन्त्रीको गाउँ भ्रमण र मलको निकास

गाउँमा खेती गर्न अल्छी मानेर सहर पसेका मान्छे मन्त्री भए । मन्त्री भएपछि गाउँपाखा र खेतबारी सम्झन परेन । चुनाव आएपछि झल्याँस्स गाउँको याद आयो । अनि अगुवा र पछुवाको ताँतीसहित उनी गाउँ पुगे । गाउँमा खेतबारी बाँझै देखेर उनलाई रिस उठ्यो । गाउँभरिको अल्छी मान्छे मन्त्री भएर आउँदा सहर जान नपाएका अरु अल्छीलाई बेस्कन मज्जा लाग्यो । मन्त्रीको स्वागत गर्न उनीहरु अल्छी मानि मानि लाइन लागे । तर मन्त्री भै खाएको अल्छी गाउँका अल्छीसित जङ्गिन पो थाल्यो । ए काका, यतिका जग्गा किन बाँझो राखेको हँ ? धान रोप्नु, मकै लगाउनु, तरकारी र ...

अर्गानिक तरकारी फलाएर लखपति हुँदै म्याग्देली किसान

म्याग्दी । २८ वर्षदेखि कृषि पेसामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता फलाएको तरकारीको माग बढेपछि दंग छन् । जिल्लाको नयाँ पर्यटकीय स्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेतबारीमा प्रांगारिक तरकारी खेती गर्दै आएका कार्कीले यसअघि कहिल्यै पनि अर्गानिक तरकारीको विक्री यति धेरै भएको थाहा पाएका थिएनन् । ‘२८ वर्षदेखि तरकारी खेती गरिरहेको छु । जीवनको उर्बर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,’ कार्कीले भने, ‘तर कोरोना कहर सुरु भएयता जसरी तरकारीको विक्री भयो, यसअघि कहिल्यै पनि भएको थिएन ।’ कोरोना संक्रमण जतिजति बढ्दै गयो, स्थानीयले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अर्गानिक खानेकुराको मात्रा बढाउँदै लगे । विशेषगरी आयातीत तरकारी र फलफूल नपाइने वा त्यसलाई ध्यान नदिने भएपछि सदरमुकाम नजिकै रहेका किसानकहाँ पुगेरै  बजारका नागरिकले तरकारी खरिद गर्न थालेपछि कार्कीजस्तै व्यावसायिक तरकारी खेतीमा लागेका किसानको उत्पादनले बजार पाउन थालेका हुन् । किसान कार्कीको खेतबारीमा अर्गानिक तरकारी र फलफूल झुलिरहेका छन् । शारीरिक व्यायामका लागि बिहान लभ्लीहिल जाने बजारका गृहिणी, युवायुवती वा बटुवाले कार्कीको बारीमै पुगेर ताजा तरकारी खरिद गरी फर्कने गरेका छन् । त्यसैगरी खबराका अर्का किसान शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदीलगायत जिल्लाका दुई दर्जनभन्दा बढी किसानले पछिल्लो समय प्रांगारिक तरकारीको विक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् । विगतमा तरकारी विक्रीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले ०७६ चैतदेखि ०७८  वैशाखसम्म तरकारी बेचेरै ११ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डाँडाखेतका नारायण पौडेलले गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो विक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको सुनाए । म्याग्दीका ६ वटा स्थानीय तहमा गरी २ सयभन्दा बढी किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्गे आम्दानी गर्न थालेको कृषि प्राविधिक जगत बानियाको अनुभव छ । बानियाँ भन्छन्, ‘कोरोना कहर सुुरु भएयता मानिसले अर्गानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।’ कोरोनापछि धेरै मानिसले अर्गानिक उत्पादन खोज्न थालेको बगरफाँटका किसान जीतबहादुर कार्कीको अनुभव छ । बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडक छेउमा रहेको उनको बारीमा अर्गानिक तरकारी खरिद गर्न बेनीबजारबाट धेरै ग्राहक आउन थालेका छन् । कोरोनापछि अर्गानिक तरकारी खोज्दै उनका बारीमा धेरै उपभोक्ता पुग्छन् । प्रांगारिक तरकारी खेती गर्न पाउँदा खुसी लागेको बताउँछन् । विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा हानि गर्ने हुँदा सबैले अर्गानिक खेती गर्नुपर्ने कृषि विज्ञको सुझाव छ । म्याग्दीमा निजी क्षेत्रले करोडौं लगानीमा कृषि फार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिंगा र आबे बगरमा करिब १० करोड लगानीमा सञ्चालित हरियाली कृषि फार्म र मंगला गाउँपालिकाको हिदीमा ३ करोड लगानीमा प्रांगारिक कृषि फार्म सञ्चालित छन् । यी कृषि फार्मले पनि प्रांगारिक उत्पादनमा जोड दिँदै आएका छन् । म्याग्दीमा पछिल्लो समय अर्गानिक कृषितर्फ युवा आकर्षण पनि बढ्दै गएको छ । विशेषगरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरू अर्गानिक खेतीमा लागेका छन् ।

घरका छतमा लोभलाग्दो कौशी खेती

२९ फागुन,बुटवल । सहर-बजारमा घर हुनेहरु सबैको करेसाबारी र खाली जग्गा नहुन सक्छ । खाली जग्गा र करेसाबारी नभएपछि तरकारी खेती गर्न चाहे पनि कहां गर्ने ? तर जहाँ इच्छा त्यहाँ उपाय भनेझै अब घरको छतमै मज्जाले कौशी खेती गरेर तरकारी फलाउन सकिन्छ । यसको उदाहरण बनेकी छन् रुपन्देहीको तिलोत्तमा-५ की सावित्रा भण्डारी । २९ […]

किसान ज्यूँदा सम्पदा

बन्दाबन्दीका कारण बन्दा‐तरकारी)को बिजोग भएपछि भक्तपुरका रुकेश ग्वाछा निराश छन् । ‘किसान पनि त ज्युँदा सम्पदा हुन नि,’ सांस्कृतिक सहर भक्तपुरका ग्वाछाले भने, ‘जवसम्म किसानलाई माथी उठाउने काम हुँदैन बाँकी कुराले कुनै अर्थ राख्दैन ।’

कौसीमा तरकारी खेती

कास्की पोखरा पर्यटकीय सहर । सानो जग्गामा पनि भवन खडा गरेर व्यावसायिकता दिने यहाँका प्रचलनले खेत, बारी मासिने क्रम बढ्दो छ ।