अर्गानिक तरकारी फलाएर लखपति हुँदै म्याग्देली किसान

म्याग्दी । २८ वर्षदेखि कृषि पेसामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता फलाएको तरकारीको माग बढेपछि दंग छन् । जिल्लाको नयाँ पर्यटकीय स्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेतबारीमा प्रांगारिक तरकारी खेती गर्दै आएका कार्कीले यसअघि कहिल्यै पनि अर्गानिक तरकारीको विक्री यति धेरै भएको थाहा पाएका थिएनन् । ‘२८ वर्षदेखि तरकारी खेती गरिरहेको छु । जीवनको उर्बर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,’ कार्कीले भने, ‘तर कोरोना कहर सुरु भएयता जसरी तरकारीको विक्री भयो, यसअघि कहिल्यै पनि भएको थिएन ।’ कोरोना संक्रमण जतिजति बढ्दै गयो, स्थानीयले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अर्गानिक खानेकुराको मात्रा बढाउँदै लगे । विशेषगरी आयातीत तरकारी र फलफूल नपाइने वा त्यसलाई ध्यान नदिने भएपछि सदरमुकाम नजिकै रहेका किसानकहाँ पुगेरै  बजारका नागरिकले तरकारी खरिद गर्न थालेपछि कार्कीजस्तै व्यावसायिक तरकारी खेतीमा लागेका किसानको उत्पादनले बजार पाउन थालेका हुन् । किसान कार्कीको खेतबारीमा अर्गानिक तरकारी र फलफूल झुलिरहेका छन् । शारीरिक व्यायामका लागि बिहान लभ्लीहिल जाने बजारका गृहिणी, युवायुवती वा बटुवाले कार्कीको बारीमै पुगेर ताजा तरकारी खरिद गरी फर्कने गरेका छन् । त्यसैगरी खबराका अर्का किसान शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदीलगायत जिल्लाका दुई दर्जनभन्दा बढी किसानले पछिल्लो समय प्रांगारिक तरकारीको विक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् । विगतमा तरकारी विक्रीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले ०७६ चैतदेखि ०७८  वैशाखसम्म तरकारी बेचेरै ११ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बताए । त्यसैगरी डाँडाखेतका नारायण पौडेलले गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो विक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको सुनाए । म्याग्दीका ६ वटा स्थानीय तहमा गरी २ सयभन्दा बढी किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्गे आम्दानी गर्न थालेको कृषि प्राविधिक जगत बानियाको अनुभव छ । बानियाँ भन्छन्, ‘कोरोना कहर सुुरु भएयता मानिसले अर्गानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।’ कोरोनापछि धेरै मानिसले अर्गानिक उत्पादन खोज्न थालेको बगरफाँटका किसान जीतबहादुर कार्कीको अनुभव छ । बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडक छेउमा रहेको उनको बारीमा अर्गानिक तरकारी खरिद गर्न बेनीबजारबाट धेरै ग्राहक आउन थालेका छन् । कोरोनापछि अर्गानिक तरकारी खोज्दै उनका बारीमा धेरै उपभोक्ता पुग्छन् । प्रांगारिक तरकारी खेती गर्न पाउँदा खुसी लागेको बताउँछन् । विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा हानि गर्ने हुँदा सबैले अर्गानिक खेती गर्नुपर्ने कृषि विज्ञको सुझाव छ । म्याग्दीमा निजी क्षेत्रले करोडौं लगानीमा कृषि फार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिंगा र आबे बगरमा करिब १० करोड लगानीमा सञ्चालित हरियाली कृषि फार्म र मंगला गाउँपालिकाको हिदीमा ३ करोड लगानीमा प्रांगारिक कृषि फार्म सञ्चालित छन् । यी कृषि फार्मले पनि प्रांगारिक उत्पादनमा जोड दिँदै आएका छन् । म्याग्दीमा पछिल्लो समय अर्गानिक कृषितर्फ युवा आकर्षण पनि बढ्दै गएको छ । विशेषगरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरू अर्गानिक खेतीमा लागेका छन् ।

सम्बन्धित सामग्री

अर्गानिक खतीतर्फ फर्कँदै किसान

उत्पादन बढी गर्न विषादी र रासायनिक मलको मात्रा किसानहरूले बढाउँदै लगपछि अर्गानिक तरकारी खती गर्ने किसानहरू हराउँदै गएका थिए ।

नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक, ७ असोज । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा प्राङ्गारिक (अर्गानिक) तकारीको हाटबजार सञ्चालनमा ल्याइएको छ । हाजबजार प्रत्येक शुक्रबार र शनिबार लाग्छ । हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस् प्रमाणीकरण किसान समूहद्वारा उत्पादित ‘अर्गानिक’ उन्मुख तरकारी बिक्रीका लागि सञ्चालनमा लाइएको हो । विशेषगरी प्राङ्गारिकरुपमा जैविक मल प्रयोग गरी विषादीरहित उत्पादन गरिएका तरकारीलाई हाटबजारमा राखिएको […]

कृषि उत्पादन बजारिकरण गर्न राम्चेमा सञ्चालनमा आयो नमूना फेमेली मार्केट

असोज १४,सिन्धुपाल्चोक । स्थानीय स्तरमा उत्पादित कृषि सामग्रीको बजारिकरण गर्ने उद्देश्यले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका– ९ राम्चेमा नमूना फेमेली मार्केट सञ्चालन गरिएको छ । तपाई हाम्रो नमूना साना किसान कृषि सहकारी संस्था लिमिटेडले ५० लाख रुपैयाँ लगानी गरेर सो मार्केट सञ्चालन गरेको हो । स्थानीय स्तरमा उत्पादित साग, सिस्नो, निगुरो, स्कूस, तामा, च्याउ, करेला, मकै, कोदो, चामाल, केराउ, मुगीदाल, मुसुरो, रहर, तेल, चना, आँटा लगायत सिजन अनुसारका तरकारी, फलफूल सो मार्केटमा राखिएका छन् । स्थानीय कृषकहरुले उत्पादन गरेका अर्गानिक तरकारी, फलफूलदेखि सुपरमार्केटमा पाइने खाद्यन्न, दैनिक उपभोग्य बस्तु नमूना फेमेली मार्केटमा पाइन्छ । स्थानीय स्तरका कृषि उत्पादनलाई खरीदविक्री र प्रबर्द्धन गर्ने उद्देश्यले मार्केट सञ्चालन गरिएको कृषि सहकारी संस्थाका अध्यक्ष शेरबहादुर रायमाझीले बताए ।  ‘हामीले कृषि उपज बढाउने, महंगी नियन्त्रण गर्ने, स्थानीय सरकारसँग सहकारीको समन्वयमा कृषि उपज उत्पादन तालिम प्रदान गर्ने, मल, बीउबीजन, आधुनिक कृषि औजार उपलब्धता गराउने, कृषि र पशुपालनमा सम्बन्धित निकायलाई प्राविधिक सेवा उपलब्धता गराउनेजस्ता विभिन्न उदेश्य लिएर मार्केट सञ्चालन गरेका हौं’, अध्यक्ष रायमाझीले भने । ‘अहिले दुई जना कर्मचारीहरुमात्रै राखेका छौं, कारोबार बढ्दै जान थालेपछि क्रमशः थप्दै जानेछौं’, सहकारीका संस्थापक अध्यक्ष तथा मार्केट व्यवस्थापन समितिका संयोजक श्यामबहादुर भुजेलले भने, ‘अहिले मार्केटमा सामान किन्ने र बेच्नेको भीड बढिरहेको छ, तत्कालका लागि ३/ ४ जना सहकारीका सदस्यहरुले सघाउँदै आउनुभएको छ ।’ बुधवारदेखि सञ्चालनमा आएको मार्केटमा पहिलो दिननै ३० हजारभन्दा बढी कारोबार भएको भुजेलले बताए । मार्केटको उद्घाटन बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले गरेका थिए । उनले मार्केटको उद्घाटन गर्दै प्रक्रियागत रुपमा कृषि क्षेत्र अन्तर्गतको सवारी साधान र अन्य सहयोगहरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘स्थानीय स्तरमा उत्पादन भएको सबै प्रकारका कृषि उत्पादन खरीद गर्ने र कृषि सामग्री उत्पादन गर्न आवश्यक सामग्री विक्री गर्ने हाम्रो मूल उद्देश्य हो’,उनले भने, ‘मार्केटमा कृषकलाई चाहिने मल, औषधी, बीउबिजन, औजारदेखि घरयासी प्रयोजनका लागि चाहिने अत्यावश्यक सामग्रीहरु राखेका छौं ।’  उपभोक्तालाई चाहिने सबै खाले सामग्रीहरु पाइने र आफ्ना उत्पादन विक्रीसमेत गर्न सकिने भएपछि बाह्रबिसे र आसपासका स्थानीयहरुको भीड मार्केटमा लाग्ने गरेको छ । गुणस्तरयुक्त र ताजा दैनिक उपभोग्य बस्तु राखिएपछि अहिले ग्राहकहरुको चाप बढ्न थालेको भुजेलले जानकारी दिए । १७६ जनाबाट शुरु भएको सहकारीमा अहिले १ हजार ७२३ जना सदस्य आबद्ध छन् । १ करोड ७६ लाख शेयरपूँजीबाट शुरु भएको सहकारीमा अहिले २ करोड ७२ लाख १८ हजार २०० शेयरपूँजी पुगेको व्यवस्थापक बिनिता भुजेल श्रेष्ठले बताइन् । सहकारीले कृषि क्षेत्र अन्र्तगत पशु, बाली, विभिन्न लघु तथा उद्यम र साना, मझौला व्यापार ब्यवसायमा कर्जा प्रवाह गर्दै सदस्यका जीवनमा परिर्वतन गर्दै आएको व्यवस्थापक श्रेष्ठको भनाइ छ ।

अर्गानिक तरकारी खेतीबाट  आम्दानी लिँदै किसान

म्याग्दी : कोरोना महामारी सुरु भएयता विगत ३ वर्षदेखि म्याग्दीमा प्राङ्गारिक तरकारी खेतीको लहर चलेको छ।कोरोना संक्रमणबाट बच्न सरकारले बन्दाबन्दी तथा निषेधाज्ञा जारी गरेपछि मानिसहरु फुर्सदिला बनेका र घरगाउँमा नै सीमित रहनुपर्ने बाध्यता भएकाले यहाँका कृषकहरुको ध्यान प्राङ्गारिक तरकारी खेतीतर्फ खिचिएको हो।२८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका २ खबराका ५८ वर्षिय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दंग परेका छन्।जिल्लाको नया पर्यटकीयस्थल लभ्लीहिल

अर्गानिक उत्पादनमा जुट्दै भोजपुरका किसान - Purbeli News

भोजपुर / भोजपुरका किसान अर्गानिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विषादीरहित तरकारी उत्पादन गर्ने उद्धेश्यले उनीहरु अर्गानिक तरकारी खेतीमा लागेका हुन् ।कृषि ज्ञान केन्द्र भोजपुरको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारमा अर्गानिक खेतीको थालनी गरिएको हो ।स्याउला तथा गाई गोरुको मलमुत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा...

मौरी मर्न थालेपछि अर्गानिक तरकारी खेती

मौरी मर्न थालेपछि डडेल्धुराको आलिताल गाउँपालिकाका किसान अर्गानिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौरीपालनको पकेट क्षेत्रका रूपमा रहेको आलिताल गाउँपालिकामा विषादी प्रयोगका कारण मौरी मर्न थालेपछि यहाँका किसान अर्गानिक तरकारी खेती गर्न थालेका हुन् ।