विशेष प्रस्तावअन्तर्गत चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर, पुँजी वृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउनेलगायत प्रबन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनका प्रस्तावहरू पनि पारित गरेको छ।...
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले चौथो वार्षिक साधारण सभा कात्तिक १३ गते बोलाएको छ । सभा उक्त दिन बिहान ११ बजे काठमाडौं गैरीधारास्थित बालुवाटार प्यालेस बैंक्वेट एण्ड इभेण्टसमा हुने क्यापिटलले जानकारी दिएको छ ।
सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारितका लागि पेस गरिनेछ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पराग विष्ट नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिले साउन १ गते विष्टलाई सीईओमा नियुक्त गरेको हो । यसअघि, क्यापिटलको निमित्त प्रमुख कार्यकारीको रुपमा उपेन्द्र मालाकारले जिम्मेवारी निभाउँदै आएका थिए । विष्टले आईआईएम कलकत्ताबाट एक्ज्युकेटिभ प्रोग्राम इन बिजनेस म्यानेजमेन्ट (ईपीबीएम) र दिल्ली विश्वविद्यालयबाट एम कम गरेका छन् । […]
माछापुच्छ्रे क्यापिटलको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्षबाट साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण, आ.व. २०७९/०८० का लागि लेखापरीक्षकको नियुक्ती, स्वतन्त्र सञ्चालक नियुक्ती तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनहरु पारित भएका छन् । कम्पनीको तेश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका […]
मंसिर २८, काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नाम परिवर्तन भएको छ ।
कम्पनीले नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड भएको कम्पनीले जानकारी गराएको हो । कम्पनीको दोस्रो वार्षिक साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।
यस भन्दा अगाडि कम्पनीको नाम माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड रहेको थियो ।
माछापुछ्रे बैंकको सहायक कम्पनी माछापुछ्रे कृति क्यापिटलको नाम परिवर्तन भएको छ । क्यापिटलको साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेर कम्पनी रजिष्ट्रारमा स्वीकृतिको लागि पठाएकोमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर २३ मा स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ । यस संगै अब कम्पनीको नाम माछापुच्छ्रे क्यापिटल मात्र कायम रहने छ । माछापुछ्रे क्यापिटलले करिब डेढ बर्ष अगाडी मात्रै कृति क्यापिटलसँग मर्जर गरि माछापुच्छ्रे कृति क्यापिटलको नाममा कारोबार गर्दै आएको हो। अब भने नामबाट कृति हटेको छ । यस कम्पनीले २ साता अघि मात्र १ अर्ब रुपैयाँ लगानी व्यवस्थापन पुर्याउन सफल भएको थियो। क्यापिटलले धितोपत्र बोर्डबाट अनुमति लिई बिगत आठ बर्ष देखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ। यसैक्रममा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको हो। क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ।
माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलको सफलता कृति क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी विगत आठ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवालगायत सेवा प...
काठमाडौं (अस) । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको जनाएको छ ।
कम्पनीले स्वैच्छिक लगानी व्यवस्थापन सेवा र गैरस्वैच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्रीसम्बन्धी परामर्श सेवा दिँदै आएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आठ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्यलगायतका सेवा दिँदै आएको छ ।
कात्तिक २, काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले ११ हजार ६६९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले मंगलवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी ओलम्पिया क्यापिटल इन्भेष्टमेण्टको नाममा रहेको ११ हजार ६६९ कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य भने तोकिएको छैन ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बागदरवार, काठमाडौंमा आफूले खरीद गर्ने शेयर संख्या र मूल्य खुलाई निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बीमा समितिको निर्देशन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।