माछापुच्छ्रे कृति क्यापिटलको साधारणसभा आह्वान: नाम फेर्ने प्रस्ताव, १३ प्रतिशत लाभांश

 माछापुच्छ्रे कृति क्यापिटलले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले कार्तिक १० गते बुधबार सभा आह्वान गरेको हो  । सभामा कम्पनीको नाम फेर्ने, लाभांश वितरण गर्ने लगायतका प्रस्ताव पारित हुने छन्  । कम्पनीले कुल १३.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।सभामा सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा तथा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , संचालक समितिले प्रस्ताव गरे बमोजिम रु. १,७१,२७,००० (अक्षेरेपिः एक करोड एकहत्तर लाख सत्ताइस हजार रुपैयाँ) अर्थात चुक्ता पूँजीको ६.४% का दरले नगद लाभांश (नगद लाभांश तथा बोनश शेयरमा लाग्ने लाभांश कर सहित) प्रदान गर्न स्वीकृत गर्ने र संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ (एक) जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन् ।त्यस्तै विशेष प्रस्ताव अन्तर्गत संचालक समितिले प्रस्ताव गरे बमोजिम रु. १,८७,३२,३०० (अक्षेरेपिः एक करोड सतासी लाख बत्तीस हजार तीन सय रुपैयाँ) अर्थात चुक्ता पूँजीको ७% प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने सम्वन्धी प्रस्ताव स्वीकृत गर्ने, बोनश शेयर बितरण गर्दा आउने भिन्न अङ्क लाई नजिकको पूर्ण अङ्कमा मिलान गर्ने, बोनश शेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले कम्पनीको वर्तमान जारी पूँजी रु. ३१ करोड ४८ लाख ३२ हजार वाट बृद्धि गरी रु. ३३ करोड ६८ लाख ७० हजार र चुक्ता पूँजी रु. २६ करोड ७६ लाख ७ हजार २ सय बाट बृद्धि गरी रु. २८ करोड ६३ लाख ३९ हजार ५ सय पुऱ्याउने सम्बन्धी प्रस्ताव पारित गर्ने प्रस्ताव पेश हुने छ ।त्यस्तै मर्चेन्ट बैंकिंग एसोसिएसन अफ नेपालको संयोजकत्वमा गरिएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १(ग) बमोजिम अनुमोदन गर्ने ,  प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायले संशोधन, परिवर्तन वा थप/घट गर्न सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप/घट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुने छ ।  कम्पनीले कम्पनीको नाम परिवर्तन गरी “कम्पनीको नाम “माछापुच्छे क्यापिटल लिमिटेड' राख्ने प्रस्ताव गरेको छ । यसलाई अंग्रेजीमा 'Machhapuchchhre Capital Limited' भनिने र छोटकरीमा MCL भनिने प्रस्तावमा उल्लेख छ। माछापुच्छ्रे क्यापिटलले ९ महिना अगाडी कृति क्यापिटललाई गाभेर माछापुच्छ्रे कृति क्यापिटलको नाममा कारोबार सुरु गरेको थियो । अब भने कम्पनीको नाम माछापुच्छ्रे क्यापिटल मात्र रहने गरि प्रस्ताव गरिएको हो ।त्यस्तै सभामा सञ्चालक समितिको अध्यक्ष र सदस्यको बैठक भत्ता तथा भ्रमण भत्ता बद्धि गर्ने, संचालक समिति, बिशेष तथा बार्षिक साधारण सभाको बैठक भौतिक तथा भर्चुअल माध्यमवाट समेत गर्न सकिने व्यवस्था कायम गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

सम्बन्धित सामग्री

घोराहीको १५ प्रतिशत लाभांश

घोराही सिमेन्ट्स इन्डस्ट्रीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । घोराहीमा सम्पन्न कम्पनीको तेस्रो साधारणसभाले आर्थिक वर्ष ०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित...

मन्दाकिनी हाइड्रोपावरको पाँच प्रतिशत लाभांश घोषणा

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पाँच प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कर सहितको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ।कम्पनीको आगामी वार्षिक साधारणसभामा उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ ।

एभरेष्ट बैंकद्वारा २१ प्रतिशत लाभांश घोषणा

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले चुक्तपुँजीको १३ प्रतिशत बोनस सेयर र ७.३८ प्रतिशत नगद लाभांश दिने भएको हो । यो तीन वर्ष यताकै सर्वाधिक लाभांश हो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा बैंकले १०.३२ प्रतिशत लाभांश बाँडेको थियो । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ छ ।यसमा प्रस्तावित १३ प्रतिशत बोनसले बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

सोल्टी होटलले २६.१३५ प्रतिशत लाभांश दिने

काठमाडौँ – सोल्टी होटलले २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोल्टीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो । होटलले लाभांश प्रस्तावसहित २८ पुसमा वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । […]

सिभिल बैंकले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने

सिभिल बैंकले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत  नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रोग्रेशिभ फाइनान्सको सात प्रतिशत लाभांश

प्रोग्रेशिभ फाइनान्सले सेयरधनीलाई ७ पतिशत लाभांश दिने भएको छ ।फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।८० करोड चुक्ता पुँजी रहेको फाइनान्सको बोनस सेयरपछि चुक्ता पुँजी ८५ करोड ६१ लाख हुने छ । स्थापना भएको २७ वर्षपछि पहिलो पटक सेयरधनीर्लाइ लाभांश […]

आरएमडीसी लघुवित्तले२५ प्रतिशत लाभांश दिने

आरएमडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागिसमेत गरी ५ प्रतिशत नगद लाभांश वितरण […]

एनसीसी बैंकको ८.४२ प्रतिशत लाभांश प्रस्ताव

एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने […]

सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...

डिप्रोक्स लघुवित्तको २१.०५ प्रतिशत लाभांश पारित

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । चितवनमा सम्पन्न सभाले २१.० ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।२० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१.०३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी एक […]