माछापुच्छ्रे कृति क्यापिटलको लगानी व्यवस्थापन १ अर्ब

काठमाडौं (अस) । माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे कृति क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको जनाएको छ । कम्पनीले स्वैच्छिक लगानी व्यवस्थापन सेवा र गैरस्वैच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्रीसम्बन्धी परामर्श सेवा दिँदै आएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आठ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्यलगायतका सेवा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

‘गरिमा समृद्धि योजना’ल्याउँदै गरिमा क्यापिटल

काठमाडौं। गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’अन्तर्गत रू. १ अर्ब बराबरको पहिलो बन्दमुखी योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने प्रयोजनार्थ आइतवार नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दर्ता गरेको छ । प्रस्तावित योजनाअन्तर्गत रू. १० अंकित मूल्यका १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल सेबोनको म्युचूअल फन्डको पाइपलाइनमा रहेको बताइएको छ । संस्थाले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा प्रवाह गर्दै आएको छ । गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यसका सम्पूर्ण सेवा ग्राहक समक्ष पुर्‍याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट सहजीकरण हुँदै आएको छ ।

हिमालयन ८०–२० म्युचुअल फण्डको इकाई सूचीकृत

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन क्यापिटलले निष्कासन गरेको हिमालयन ८०–२० नामक सामूहिक लगानी कोष योजनाको इकाई सूचीकृत भएको छ । फण्डको १० करोड इकाई नेप्सेमा सूचीकृत भएको हो । अब फण्डको इकाई बिहीवारबाट कारोबार गर्न सकिने छ ।  क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन म्युचुअल फण्डअन्तर्गत संचालन हुने गरी हिमालयन ८०–२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्कासन गरेको थियो । यस योजनाको आकार १ अर्ब रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्कासन गरेको हो । यस 'हिमालयन ८०–२०' नामक योजनाको कुल लगानीमध्ये ८० प्रतिशत पूँजी तथा वित्त बजारका दीर्घकालीन लगानीमार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत पूँजी तथा वित्त बजारको उतारचढावमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानीकर्ताहरूलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।

तीन नयाँ ब्रोकर कम्पनीलाई नेप्सेको सदस्यता

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आवेदन दिएका सबै नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्सेले तीन चरणमा गरी १७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको हो ।  नेप्सेले असार २१ र साउन १२ गते ७/७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको थियो । तेस्रो चरणमा तीन ब्रोकर कम्पनी– मेगा स्टक मार्केट लिमिटेड, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड र नबिल सेक्युरिटिज लिमिटेडलाई साउन १९ गते सदस्यता दिएको नेप्सेका सहायक प्रबन्धक गिरिराज दाहालले जानकारी दिए ।  उनका अनुसार मेगा स्टक मार्केटलाई ७५, माछापुच्छ्रेलाई ७६ र नबिललाई ७७ नम्बरको सदस्यता दिइएको छ । यिनले साउन १२ गते सदस्यता पाएका सात कम्पनीसँगै नेप्सेमा आवेदन दिएका थिए । आवश्यक कागजात नपुगेकाले ऊबेला यी कम्पनीले सदस्यता नपाएको नेप्सेको भनाइ छ । सँगै आवेदन दिएका सात कम्पनीले सदस्यता पाएको १ सातापछि यी तीन कम्पनीले सम्पूर्ण प्रक्रिया पूरा गरी प्राप्त गरेको दाहालले जानकारी दिए । मेगा स्टक मार्केटले दोस्रो तहको पूर्ण कार्य गर्नेछ । माछापुच्छ्रे सेक्युरिटिजले पहिलो तहको सीमित कार्य गर्नेछ । नबिल सेक्युरिटिजले तेस्रो तहको धितोपत्र व्यापारीको काम गर्नेछ । नबिल सेक्युरिटिज १ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी भएको स्टक डिलरको सेवा प्रदान गर्ने ब्रोकर हो । मेगा ६० करोड रुपैयाँ चुक्ता पूँजी भएको शेयर खरीदविक्री गर्नेसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकर कम्पनी हो । माछापुच्छ्रे  सेक्युरिटिज भने २३ करोड रुपैयाँ चुक्तापूँजी भएको सीमित कार्य गर्ने ब्रोकर कम्पनी हो । नेपाल धितोपत्र बोर्डबाट हालसम्म २९ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले पहिलो चरणमा सात, दोस्रो चरणमा ११ र तेस्रो चरणमा ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो ।  नेपाल धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्स पाएका कम्पनीले धितोपत्रको दोस्रो बजार सञ्चालकको समेत सदस्यता लिनुपर्ने व्यवस्थाबमोजिम १७ कम्पनीले नेप्सेको सदस्यता लिएका हुन् । नेपाल धितोपत्र बोर्डबाट हालसम्म २९ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले पहिलो चरणमा सात, दोस्रो चरणमा ११ र तेस्रो चरणमा ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो । बोर्डबाट दोस्रो चरणसम्म लाइसेन्स पाएका १८ मध्ये एक कम्पनी केबिएल सेक्युरिटिज लिमिटेड पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा जान चाहेकाले नेप्सेमा सदस्यताका लागि आवेदन दिएको छैन् । बोर्डबाट तेस्रो चरणमा लाइसेन्स पाएका कम्पनीहरूले समेत नेप्सेको सदस्यता लिनुपर्नेछ । बोर्डले साउन ४ गते थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो । ती कम्पनीले नेप्सेको सदस्यताका आवेदन दिएको जानकारी आएको छैन ।  बोर्डले पूँजीका हिसाबमा तीन किसिमको रहने गरी ४३ ओटा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । धितोपत्र बोर्डले पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरका लागि ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । सोही व्यवस्थाबमोजिम बोर्डले एक धितोपत्र व्यापारी, एक पूर्ण कार्य गर्ने धितोपत्र दलाल र २७ सीमित कार्य गर्ने धितोपत्र दलाललाई लाइसेन्स दिएको छ ।  नेप्सेको सदस्यता लिएका ब्रोकर कम्पनीले प्राविधिक व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीले नेप्सेसँग सम्झौता पनि गर्नुपर्छ । त्यसपछि मक ट्रेडिङ गराई कुनै अवरोध नदेखिएमा नेप्सेले गो लाइभको पत्र दिन्छ । नेप्सेको सदस्यता पाएका कम्पनीले सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यता समेत लिनुपर्ने हुन्छ ।

४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ कम्पनीहरूलाई आशयपत्र प्रदान गरेको छ । बोर्डमा एक पुरानो ब्रोकर कम्पनी सहित ४६ कम्पनीहरूले ब्रोकर लाइसेन्सका लागि आवेदन पेश गरेका थिए । तीन कम्पनीमध्ये एक कम्पनीको योग्यता नपुगेको र दुई कम्पनीले आवेदन फिर्ता गरेको जानकारी बोर्डले दिएको छ । बोर्डले आशयपत्र प्रदान गरेका यी कम्पनीहरूले आगामी ६ महिनाभित्र आवश्यक पूर्वाधार तयार गर्नुपर्ने बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठको भनाई छ । आवश्यक पूर्वाधार तयार पछि बोर्डले आवश्यक निरिक्षण गर्ने र चित्त बुझेमा मात्र अन्तिम स्वीकृति प्रदान गर्ने श्रेष्ठले जानकारी दिए । हाल ५० ब्रोकर कम्पनीहरू सञ्चालनमा रहेका छन् । बोर्डले धितोपत्र बजारको विकास र विस्तारमा थप टेवा पुर्‍याउने उदेश्य स्वरुपमा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । आशय पाएका सबै कम्पनीहरूले आगामी प्रक्रिया पुरा गरी अन्तिम स्वीकृति पाएमा ब्रोकरको संख्या ९३ पुग्नेछ । आगामी तीन वर्षसम्म बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न पाउनेछैन् ।  पूर्ण प्रविधिमैत्री धितोपत्र दोस्रो बजारको विकास र विस्तारका लागि नयाँ ब्रोकर कम्पनीहरूले नयाँ प्रविधि र नयाँ सेवा सुविधा लगानीकर्तालाई प्रदान गर्नेमा प्रबक्ता श्रेष्ठ विश्वस्त रहेका छन् । ४३ कम्पनीमध्ये नबिल सेक्यूरिटिजले स्टक डिलरको सेवा प्रदान गर्नेछ । बोर्डले तीन किसिमको नयाँ ब्रोकर लाइसेन्स पूँजीको हिसाबमा वितरण गर्न लागेको हो । बोर्डले सिमित दायराको पहिलो तहको ब्रोकरका लागि रू. २० करोड , शेयर खरीविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी रू. ६० करोड र तेस्रो तह स्टक डिलरका लागि रू. १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था गरेको छ । पुराना ब्रोकरहरूलाई पनि प्रतिस्पर्धी रुपमा अघि बढाउन तीन प्रकारकै ब्रोकरको सेवा प्रदान गर्ने गरी २०८२ साल असार मसान्तभित्रको समयसीमा तोकिएको छ ।

ब्ल्याकस्टोनका सीईओले गत वर्ष तलब-सुविधाबापत पाए १ अर्ब २७ करोड डलर

काठमाडौं । अमेरिकी लगानी व्यवस्थापन कम्पनी ब्ल्याकस्टोन इंकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ श्वार्जम्यानले सन् २०२२ मा तलब-सुविधा र लाभांशबापत १ अर्ब २७ करोड डलर पाएका छन् ।  कम्पनीमा श्वार्जम्यानको २० प्रतिशत शेयर छ ।  उनले लाभांशबापत मात्रै १ अर्ब डलर थापेका छन् । सेवा सुविधाबापत भने उनले २५ करोड ३१ लाख डलर पाएका छन् । २०२१ मा पनि उनले लाभांश सेवा सुविधाबापत १ अर्ब १० करोड पाएका थिए । श्वार्जम्यान वाल स्ट्रिटका सबैभन्दा धेरै कमाउने हाकिममध्ये एक हुन् । उनको नेटवर्थ ३० अर्ब ६० करोड डलर नेटवर्थ भएको अमेरिकी व्यवसायिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सले देखाएको छ ।  उनको अधिकांश सम्पत्ति ३० वर्षभन्दा पहिला उनी आफैले स्थापना गरेको कम्पनीसँग जोडिएको छ । ब्ल्याकस्टोनका अध्यक्ष तथा कम्पनीका भावी सीईओ जोन ग्रेले पनि २०२२ मा ४७ करोड ९२ लाख थापेका छन् । यसमा कम्पनीमा रहेको उनको ३ प्रतिशत बराबरको शेयरबापतको लाभांशबाट प्रति १८ करोड २७ लाख डलर पनि जोडिएको छ । दुबैलाई वार्षिक नगद बोनस दिइएको छैन ।  तर पनि यी दुई वाल स्ट्रिटका सबैभन्दा ठूला लगानी बैंकका सीईओहरूले भन्दा धेरै कमाउँछन् । वित्तीय क्षेत्रमा कठिनाईका कारण वाल स्ट्रिटका लगानी बैंकका कयौं सीईओहरूले आफ्नो तलब सुविधामा घटाएका छन् । ब्ल्याकस्टोनले गएको वर्ष ग्रेको शेयर बोनस घटाएको थियो । २०२१ मा उनले ३ करोड ८० लाख डलर स्टक बोनस लिएकोमा सन् २०२२ मा यो घटेर ३ करोडमा सीमित भएको थियो । एजेन्सी

माछापुछ्रे कृति क्यापिटलको नाम परिवर्तन

माछापुछ्रे बैंकको सहायक कम्पनी माछापुछ्रे कृति क्यापिटलको नाम परिवर्तन भएको छ । क्यापिटलको साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेर कम्पनी रजिष्ट्रारमा स्वीकृतिको लागि पठाएकोमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर २३ मा स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ । यस संगै अब कम्पनीको नाम माछापुच्छ्रे क्यापिटल मात्र कायम रहने छ ।  माछापुछ्रे क्यापिटलले करिब डेढ बर्ष अगाडी मात्रै कृति क्यापिटलसँग मर्जर गरि माछापुच्छ्रे कृति क्यापिटलको नाममा कारोबार गर्दै आएको हो। अब भने नामबाट कृति हटेको छ । यस कम्पनीले २ साता अघि मात्र १ अर्ब रुपैयाँ लगानी व्यवस्थापन पुर्याउन सफल भएको थियो। क्यापिटलले धितोपत्र बोर्डबाट अनुमति लिई बिगत आठ बर्ष देखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ। यसैक्रममा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको हो। क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ।

माछापुच्छ्रे क्यापिटलद्वारा एक अर्बको लगानी व्यवस्थापन

माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छे« कृति क्यापिटलले १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ । कम्पनीले विगत ८ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।हालै लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको कम्पनीको भनाइ छ […]

प्रभु क्यापिटल बन्यो १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ कम्पनी

काठमाडौं (अस) । प्रभु क्यापिटलको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले कम्पनीले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयरसहित  ४० प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको छ । योसँगै धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमति लिएका संस्थामध्ये प्रभु क्यापिटल १ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिङअन्तर्गत शेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपी सदस्य, सामूहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन आदि सेवा दिँदै आएको छ ।