माछापुच्छ्रे कृति क्यापिटलको संस्थापक शेयर विक्रीमा

कात्तिक २, काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले ११ हजार ६६९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी ओलम्पिया क्यापिटल इन्भेष्टमेण्टको नाममा रहेको ११ हजार ६६९ कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बागदरवार, काठमाडौंमा आफूले खरीद गर्ने शेयर संख्या र मूल्य खुलाई निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बीमा समितिको निर्देशन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकको १ करोड १२ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १ करोड १२ लाख ३५ हजार ४९२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले कुल कित्ता शेयरमध्ये १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि र ३ हजार कित्ता विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूका लागि विक्रीमा आएको ३ हजार कित्ता शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाइनेछ । सर्वसाधारणमा जारी भएको शेयर विक्रीका लागि यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र विक्री खुला गरिएको थियो । सो समयमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागिएको हो । सर्वसाधारण लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेस गर्नुपर्ने छ । आवेदन विक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलको सुन्धारा स्थित कार्यालयमा पेस गर्नुपर्नेछ ।