माछापुच्छ्रे कृति क्यापिटलको साधारणसभाः लाभांशदेखि नाम फेर्ने सम्मका प्रस्ताव पारित

माछापुच्छ्रे कृति क्यापिटलको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो तथा बिशेष अतिथिको रुपमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला पनि उपस्थित थिए ।साधारण सभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरिक्षकको नियुक्ती तथा चुक्ता पूँजीको ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।बिशेष प्रस्ताव अन्तर्गत चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर, पुँजी बृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउने लगायत प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने आवश्यक संशोधनहरुको प्रस्तावहरु पनि पारित गरेको छ । कम्पनीमा संस्थापक शेयरधनीको तर्फबाट १ जना संचालक निर्वाचित हुनुपर्ने प्रस्तावमा शेयरधनी शिखर इन्सुरेन्स प्रतिनिधि दिप प्रकाश पाण्डे निर्बिरोध निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारिक बैंकिङ पार्टनर

काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डु प्रालिबीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डुको आधिकारिक बैंकिङ पार्टनर हुने जनाइएको छ । सम्झौतामा फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी र माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा बैंकका चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदीको पनि उपस्थिति […]

माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र फुडमाण्डुबीच व्यवसायिक सहकार्य गर्ने सम्झौताभएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक फुडमाण्डु प्रा.लि. को आधिकारीक बैंकिङ्ग पार्टनर हुनेछ । फुडमाण्डुको तर्फबाट अध्यक्षश्री मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफबिजनेश अफिसर श्री टिका भट्टराईले, बैंककाचिफ डिजिटल बैंकिङ्ग अफिसर माधव सुवेदीको उपस्थितिमा हस्ताक्षर गर्नुभयो । साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले फुडमाण्डुमा आवद्ध भएका […]

माछापुच्छ्रे र फेकनबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र फेकन एजुकेशनल कन्सल्टेन्सीबीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गर्नुभयो । सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाइ बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा […]

धनगढीको राजपुरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुरमा नयाँ शाखा विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच गरेका छन् । माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराको पनि उपस्थिति रहेको थियो । नयाँ शाखा सञ्चालनमा आएसँगै कैलालीमा माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ […]

वीरगञ्जमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाडौं । माछापुच्छ्रे बैंकले वीरगञ्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ । वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले एक कार्यक्रमका बीच नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म […]

माछापुच्छ्रे बैंकलाई कर्पोरेट बिच क्रिकेटको उपाधि

काठमाडौं । कर्पोरेट बिच क्रिकेट २०७८ को उपाधि माछापुच्छ्रे बैंकले जितेको छ । सनराइज बैंकलाई ९४ रनले पराजित गर्दै माछापुच्छ्रे बैंकले उपाधि जितेको हो । सनराइज बैंकलाई माछापुच्छ्रे बैंकले १२० रनको लक्ष्य दिएको थियो । तर माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई २६ रनमै अलआउट गरेको थियो । माछापुच्छ्रे बैंकले त्रिशूलीको रिभरसाइड स्प्रिङ रिसोर्टमा आयोजना गरेको प्रतियोतिामा […]

माछापुच्छ्रे हिमाल

पोखरा,१४ कात्तिक: कास्कीको अन्नपूर्ण गाँउपालिकाको नागडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल ।-तस्वीर : राधिका कँडेल -रासस

माछापुच्छ्रे

कास्कीको अन्नपूर्ण गाँउपालिकाको नागडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर : राधिका कँडेल /रासस

‘हेर्दा राम्रो माछापुच्छ्रे’ [तस्वीरहरू]

आइतवार बिहान मौसम खुलेसँगै पोखराका विभिन्न ठाउँबाट देखिएको माछापुच्छ्रे हिमशृंखला । तस्वीर: राधिका कँडेल/रासस ​