माछापुच्छ्रे कृति क्यापिटलको नाम परिवर्तन

मंसिर २८, काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नाम परिवर्तन भएको छ । कम्पनीले नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड भएको कम्पनीले जानकारी गराएको हो । कम्पनीको दोस्रो वार्षिक साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको हो । यस भन्दा अगाडि कम्पनीको नाम माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड रहेको थियो ।  

सम्बन्धित सामग्री

माछापुछ्रे कृति क्यापिटलको नाम परिवर्तन

माछापुछ्रे बैंकको सहायक कम्पनी माछापुछ्रे कृति क्यापिटलको नाम परिवर्तन भएको छ । क्यापिटलको साधारणसभाले नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेर कम्पनी रजिष्ट्रारमा स्वीकृतिको लागि पठाएकोमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मङ्सिर २३ मा स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ । यस संगै अब कम्पनीको नाम माछापुच्छ्रे क्यापिटल मात्र कायम रहने छ ।  माछापुछ्रे क्यापिटलले करिब डेढ बर्ष अगाडी मात्रै कृति क्यापिटलसँग मर्जर गरि माछापुच्छ्रे कृति क्यापिटलको नाममा कारोबार गर्दै आएको हो। अब भने नामबाट कृति हटेको छ । यस कम्पनीले २ साता अघि मात्र १ अर्ब रुपैयाँ लगानी व्यवस्थापन पुर्याउन सफल भएको थियो। क्यापिटलले धितोपत्र बोर्डबाट अनुमति लिई बिगत आठ बर्ष देखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ। यसैक्रममा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएको हो। क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत कम्पनीले स्वेच्छिक लगानी व्यवस्थापन सेवा र गैह्र स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा खरिद बिक्री सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ।

माछापुच्छ्रे कृति क्यापिटलको सभा

विशेष प्रस्तावअन्तर्गत चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर, पुँजी वृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड बनाउनेलगायत प्रबन्धपत्र तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनका प्रस्तावहरू पनि पारित गरेको छ।...

माछापुच्छ्रे कृति क्यापिटलको दोस्रो साधारण सभा आज, १३.४५% लाभांश पारित हुँदै

कात्तिक १०, काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज (बुधवार) हुँदैछ । सभा एम्बेस्सी रेष्टुरेन्ट, पानीपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुने भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर तथा ६ दशमलव ४ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १३ दशमलव ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मर्चेण्ट बैंकिङ एशोसिएशन अफ नेपालको संयोजकत्वमा गरिएको खर्च अनुमोदन गर्ने, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड कायम गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव समेत पारित गर्नेछ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको थियो ।