१४ करोडमा घरको छाना फेरिँदै

जुम्ला-कर्णालीका अतिविपन्न नागरिकका घरको छाना फेरिने भएको छ । विपन्न नागरिकको घर माटाको छानामुक्त बनाउने सरकारी अभियानअन्तर्गत साविक कर्णालीमा दुई हजार नौ सय विपन्नको घरको छाना फेरिँदै छ । आवास व्यवस्थापन कार्यक्रमअन्तर्गत कर्णालीका जुम्ला, कालिकोट, मुगु, हुम्ला र डोल्पा गरी पाँच जिल्लाका २९ सय घरधुरीमा नयाँ छाना छाउने तयारी भइरहेको छ ।साविक कर्णालीका पाचै जिल्लाका […]